सुस्ताले मनायो ११४औं अन्तर्राष्ट्रिय नारी दिवस

श्याम थापा

सुस्ता २४ फाल्गुन

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्यताको साथ मनाएको छ ।

मार्च ८ को अवसरमा बिश्व भरी मनाईने अन्तर्राष्ट्रिय नारी दिवस आज बिहिवारको दिन सुस्ता गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा सुस्ता गाउँपालिका भित्र रहेका विभिन्न जाति वर्ग समुदायको सास्कृतिक पहिचान तथा संरक्षण गर्ने उद्देश्यले सास्कृतिक कला र पहिचान सहित पालिकाले ११४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको हो ।

सुस्ता गाउँपालिका कि उपाध्यक्ष गिता चौधरीको अध्यक्षयतामा र सुस्ता गाउँपालिका का अध्यक्ष टेकनारायण उपाध्यायको प्रमुख अतिथित्यतामा भएको महिलामा लगानी सभ्य समन्नुत समाजको थालनी भन्ने मुल नाराका साथ मनाइएको ११४औं अन्तर्राष्ट्रिय नारी  दिवस कार्यक्रममा पालिका भित्र रहेका विभिन्न जात बर्ग समुदायका कला सास्कृतिक,भेषभुषा सहित २० वटा समुहको कला र सास्कृतीक प्रदर्शन गरिएको थियो ।

दिवसको अवसरमा आ आफ्नो समुदायबाट प्रस्तुत तथा प्रदर्सन गरिएको कला र सास्कृतिक समुहलाई पालिकाले नगद र प्रमाणपत्र सहित सम्मान गरेको थियो

नारीलाई सम्मान गर्नुपर्ने र नारीले पनि एउटा नारीको सम्मान गर्नुपर्ने हुदा सासुले बुहारीलाई बुहारीले सासुलाई पनि सम्मान व्यवहार गरेर घरपरिवार अगाडि बढाउन भुमिका खेल्नुपर्ने सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले बताएका छ्न भने महिलाहरूको लघु उद्धम तथा व्यवसायकरण, नेतृत्वको विकास गरि महिलाहरूलाई अगाडि बढाउने किसिमका कार्यक्रमहरू गाउँपालिकाले गर्दै आएको गाउँपालिका अध्यक्ष उपाध्यायले बताए ।

त्यस्तै दिवस कार्यक्रमका बिशेशअतिथी एवं सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले देशको सबैभन्दा महत्त्वपूर्ण चिज भनेको कला र सास्कृतिक हो यसले देशको पहिचान बढाउन ठुलो मद्दत गर्दछ भने कला र सास्कृतिकको सधैं जगेर्ना गर्नुको साथै पुस्ता हस्तान्तरण गर्दै लैजानुपर्ने बताएका छन् ।

गाउँपालिकाको कार्यपालिका सदस्य मुना पुनको स्वागत मन्तव्य रहेकोे दिवस कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा सुस्ताका प्रमुख सावित्रा आले गरेकी थिइन् भने सो अवसरमा सुस्ता गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष अशोक कुमार चौधरी,सुस्ता गाउँपालिका कि निबर्तमान उपाध्यक्ष इन्द्र कुमारी थरुनी, सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका संजालका अध्यक्ष इन्दिरा पङ्गेनी र सञ्चारकर्मी लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *