सुस्ताले गर्यो सम्पुर्ण वडा स्तरीय खोप समितिलाई दादुरा रुबेला खोप बारे अभिमुखिकरण
श्याम थापा
सुस्ता १४ फाल्गुन
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका का सम्पूर्ण वडाका वडा स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुलाई दादुरा रुबेला खोप अभियान बारे अभिमुखिकरण गरिएको छ ।

सुस्ता गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको वडा स्तरीय खोप समन्वय समितीलाई एकदिने दादुरा रुबेला खोप अभियान बारे अभिमुखिकरण कार्यक्रममा सुस्ता गाउँपालिकाको वडा न १ देखी वडा न ५ को वडा स्तरीय खोप समन्वय समितिको पदाधिकारीहरुको सहभागिता रहेको थियो भने अभिमुखिकरणको सहजीकरण स्वास्थ्य शाखाका कर्मचारीले गरेका थिए ।

गाउपालिका भित्र रहेका ९ महिना देखी १५ बर्ष भित्रका सबै बालबालिकाहरुलाई शतप्रतिशत खोप लगाउने उदेश्यका साथ दादुरा रुवेला खोप अभियान संचालन गर्दा सफल बनाउने उद्देश्यले पालिका भित्र रहेको वडा स्तरीय खोप समन्वय समितिलाई दादुरा रुबेला खोप बारे अभिमुखिकरण गरिएको सुस्ता गाउँपालिका कि स्वास्थ्य शाखा प्रमुख निर्मला कुश्वाहाले बताएकी छिन् ।

स्वास्थ्य शाखा प्रमुख कुश्वाहाको अनुसार नेपाल सरकारले प्रतिबद्धता गरे अनुरुप २०२६ सम्म दादुरा रुवेलालाई निवारण गर्दै शुन्यमा झार्ने र दिगो बिकास २०३०को लक्ष्य अनुरुपका कार्यक्रमहरु संचालन गर्ने, जसको लागी दादुरा रुवेलालाई निवारण गर्ने एउटा मात्र अस्त्र खोप भएकोले यसको निवारण गर्ने लक्ष्यका साथ ब्यवस्थित र तरिकाले खोप लगाएर बालबालिकालाई पुर्ण रुपमा खोपबाट सुरक्षित गर्ने र यसलाई नियन्त्रण गर्नका लागी पालिका भरीमा कोही पनि दादुरा रुबेलाको संक्रमित नहोस भन्ने उदेश्यले यो पालिकाले विभिन्न संघसंस्थासंग सहकार्य गरेर दादुरा रुवेला निवारण गर्नका लागी अभियान सम्पन्न गर्न गैरहेको सुस्ता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कुश्वाहाले बताइन् ।

यता दादुरा रुवेला खोप अभियान ०८०/०८१ सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरु अभियानका क्रममा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । अभियान सुरु हुनु अघि बालबालिका तथा उनिहरुका अभिभावकलाई जानकारी गराउन देखि अभियानका दौरान खोप केन्द्र सम्म उनिहरुलाई ल्याउन सहजीकरण गर्ने सुस्ता गाउँपालिकाको वडा न १ देखी वडा न ५ का वडा अध्यक्षहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।