सुस्तामा हजुरबुवा र नातीको हत्या गर्ने दुई युवक प्रहरीको फन्दामा

श्याम थापा

सुस्ता ४ चैत

पश्चिम नवलपरासीको सुस्तामा हजुरबुवा र नातीको हत्या गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

मिति २०८०/११/१ गतेका दिन जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ३ मर्चहवा घोल नीर सानो छाप्रो बनाई बस्दै आएको सोही स्थानका अन्दाजी ६५ बर्षका यक्षलाल चमार र उनकाे नाती ११ वर्षका गौचरण चमारकाे धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो ।

सो घट्ना बारे प्रहरीको अनुसन्धानको क्रममा जिल्ला नवलपरासी सुस्ता गाउँपालिका वडा न. ३ मर्चहवा बस्ने वर्ष २९ को अजय धरिकार र साेहि स्थान बस्ने वर्ष २० को चन्दन हरिजनको संलग्नतामा हत्या गरिएकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिएका छन् ।

हत्या गरिएकाे ती दुई युवकलाई प्रहरीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलाटारी मार्फत  जिल्ला अदालत परासीबाट ज्यान सम्बन्धि कसुर मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ भने प्रहरीले अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुर परिचालन गरीएको र घटना घटेको ३ दिन पश्चात CIB को प्रहरी टोली समेत संलग्न भई अनुसन्धानलाई अघि बढाईएको थियाे ।

पक्राउ परेका दुई युवकहरुसंग प्रहरीले अनुसन्धान गर्दा घटनाको केहि विवरण

  • मिति २०८०/१०/२६ गते प्रतिवादी मध्येका चन्दन हरिजन र सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवा बस्ने छिमेकी गाउँले सँग भएको झगडा उपर ई.प्र.का. बेलाटारीमा उजुरी परी ऐ २८ गते छलफल पश्चात मिलापत्र भएको,
  • सो झगडाको रिसईबी साँध्न चन्दन हरिजनले निजको मिल्ने साथी अजय कुमार धरिकारसँग मिली निबेदक विपक्षीसंग वदला लिने योजना बनाई सोहि दिन २८ गते भारततर्फको त्रिवेणिमेलामा गई भारु ३०० मा धारिलो हतियार चक्कु किनि ल्याएको
  • भोलिपल्ट माघ २९ गते बेलुकि अक्षय लाल चमारको घरसँगैको बालुवा गिट्टी स्टक (थुप्रो) मा गई बिपक्षीलाई कुरी बसेको
  • उक्त व्यक्ति फेला नपरेपछि नजिकै घर रहेको अक्षय लाल चमारको हत्या गरेमा घर नजिक बालुवाको थुप्रो स्वयं विपक्षीको भएकाले निज उपर शंका भई प्रहरी अनुसन्धान हुनसक्ने र सो को आरोपसंगै आफ्नो वदलाको भावना समेत पुरा हुने ठानी घटना घटाउन तयार भएको ।
  • अक्षयलाल चमारको हत्या गरेपश्चात संगै सुतेको नाती गौचरण चमारले देखेको र निजले आफुहरुलाई चिन्ने डरले निज नाति उपर समेत प्रहार भएको ।
  • घटनाको समयमा प्रतिवादी चन्दन हरिजनले लगाएको कालो हाफ पन्जा मध्ये बायाँ पन्जा घटनास्थलमै छुट्न पुगेको ।
  • घटनास्थलमा छुटेको सोही पन्जाको आधारमा प्रहरीले सुक्ष्म अनुसन्धान गर्दै जाँदा घटनाको वास्तबिकता खुल्न आएको र प्रयोग भएको चक्कु समेत अजय धरिकारको सुत्ने कोठा रहेको टिनको बाकसभित्र लुकाईराखेको अवस्थामा वरामद हुन आएको ।
  • घटनामा प्रयोग भएको पञ्जा साथिमार्फत चन्दन हरिजनले २९ गते नै कुडिया बजारको फेन्सि पसलबाट खरिद गरि मगाएको ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *