सुस्तामा पलम्बिङ्ग तालिम सुरु
श्याम थापा
सुस्ता २८ बैशाख
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले आज शुक्रबार देखि सुस्ताका युवाहरुलाई पलम्बिङ्ग तालिम संचालनमा ल्याएको छ ।
सुस्ता गाउँपालिका कार्यालयको आयोजनामा र कृष्टिना एण्ड कृष्टल इन्टरनेशनल कन्सल्टेन्सी रुपन्देहीको प्राबिधिक सहयोगमा भएको तालिमको एक कार्यक्रम गरि सुस्ता गाउँपालिका का अध्यक्ष टेकनारायाण उपाध्यायले उद्द्घाटन गरेका छन् ।

तालिमको उद्द्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले युवा जनशक्ती भनेको देशको मेरुदण्ड हो जब सम्म देशबाट युवा जनशक्ति पलायन हुदै जान्छ तब झन झन देशले आर्थिक संकट बेहोर्न बाध्य हुने बताउदै त्यही भएर सुस्तका युवाहरूलाई केही सीप सिकाएर यहीँ देशमा व्यवसायी गर्ने युवाहरूलाई पालिकाले सहयोग गर्ने र वैदेशिक रोजगारको शिलशिलाले बिदेश जादा लेबर काममा जान भन्दा केही सीप सिकेर दक्षकर्मी भएर जानको लागि पनि यो तालिमले सहयोग पुर्याउने उद्देश्यले पालिकाले तालिमको आयोजना गरेको बताएका छन् ।
त्यस्तै तालिमको उद्द्घाटन कार्यक्रममा आफ्नो भनाइ राख्दै सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले ज्ञान र सीप अरुको लागि नभएको जति पढ्यो जति सीप सिक्यो त्यो आफैलाई काम लाग्ने बताउदै सहभागी युवाहरुलाई तालिममा सिकेको कुरालाई व्यवहारमा लागू गर्नुपर्ने र सकेसम्म आफ्नै गाउँ ठाउँमा व्यवसाय गरेर पालिकालाई पनि सहयोग गर्नुपर्ने आग्रह व्यक्त गरेका थिए ।
३ सय ९० घण्टा समयको पलम्बिङ्ग तालिममा सुस्ता गाउँपालिका वडा न १ देखी वडा न ५ सम्म गरि ३० जना युवाहरुको सहभागिता रहेकोे छ भने तालिमको प्राबिधिक सहजीकरण कृष्टिना एण्ड कृष्टल इन्टरनेशनल कन्सल्टेन्सी रुपन्देहीले गरेको सुस्ता गाउँपालिकाको कार्यालयले जनाएको छ ।