सुस्तामा आगलागीबाट एक घर खरानी
श्याम थापा
सुस्ता २७ चैत
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ गुदरियाको एक घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट भइ खरानी भएको छ । दिउँसो करिब ३:३० बजे तिर एक्कासि रामबिलास रायको खरले छाएको फुसको घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट भएको कुडिया प्रहरी चौकीले जनाएको छ । रायको घरमा आगो लाएर खाद्यान्न,लत्ताकपडा,बिधुतिय सामग्री,आवश्यक कागजात र नगद रकम ३ हजार जलेर नस्ट भएको छ भने करिब २ लाख बराबरको क्षति भएको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ । रायको घरमा लाएको आगोलाई स्थानीय,सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रयासमा नियन्त्रणमा लिन सफल भएको छ । घरमा आगो लागेर खाने कुराहरु जलेर नस्ट भएपछि घटना स्थलमा पुगेका सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले गाउँ पालिकाबाट एक बोरा चामल, १० किलो दाल र १ थान त्रिपाल पीडित रायलाई सहयोग गरेका छ्न ।