सुस्ताको पक्लिहवामा एक घर आगलागीबाट जलेर नस्ट
श्याम थापा
सुस्ता ६ बैषाख
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका पक्लिहवाको रामनगरमा एक घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट भएको छ । गएराती करिब १२ बजे तिर एक्कासि स्लाम मियाको खरले छाएको फुसको घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट भएको रामनगर प्रहरी चौकी पक्लिहवाले जनाएको छ । मियाको घरमा आगो लाएर खाद्यान्न,लत्ताकपडा,एक मोटरसाइकल,४ वटा बाख्रा,बिधुतिय सामग्री,आवश्यक कागजात र नगद रकम ५ हजार जलेर नस्ट भएको छ भने करिब ३ लाख ५० हजार बराबरको क्षति भएको रामनगर प्रहरी चौकी पक्लिहवाले जानकारी दिएको छ । मियाको घरमा लाएको आगोलाई स्थानीय र प्रहरी चौकी रामनगरको प्रयासमा नियन्त्रणमा लिन सफल भएको हो । घरमा आगो लागेर खाने कुराहरु जलेर नस्ट भएपछि घटना स्थलमा पुगेका सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले गाउँ पालिकाबाट एक बोरा चामल सहित खाद्यान्न सामग्री र घर निर्माणका लागि २० थान जस्तापाता पीडित मियालाई सहयोग गरेका छ्न । भने सविधानसभा सदस्य देवकरण कलवारले ५ हजार आर्थिक सहयोग गरेका छ्न ।