सशस्त्र प्रहरी द्वारा ट्याक्टर र २ जना ब्यक्ति पक्राउ
धिरज गुरुङ्ग
सुस्ता १९ बैषाख
हाल बिश्वब्यापी रुपमा फैँलिदै गईरहेको कोरोना भाईरसलाई नियन्त्रणमा लिन सरकारले देशलाई नै लकडाउन गरि सिमाना कडा रुपमा सुरक्षाकर्मीहरु तैनाथ गरिरहेको अवस्थामा बर्दघाट सुस्ता पश्चिम नवलपरासीको भारतको सिमाना बिहार राज्यसंग जोड्ने,सुस्ता-३, रेवारेता र बिनयी त्रिबेणि-७ को सिमानासंग जोडिएको नारायणी नदिमा गएराती नदि जन्य गिट्टी-बालुवा चोरी गर्दै गरेको ट्याक्टरलाई सिमानाकामा खटिएका शस्त्र प्रहरी बलका कमान्डहरु नियन्त्रणमा लिन जाँदा करिब ३० जनाको संख्या स्थानीयहरुले ढुङ्गामुढा गर्दा शस्त्र प्रहरी बल नेपाल बोर्डर आउट-पोस्ट बिनयी त्रिबेणि शस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब निरीक्षक गोबिन्द ढकाललाई दाहिने हातमा सामान्य चोट लागेको थियो ।

सशस्त्र प्रहरी नायब निरीक्षक ढकाललाई चोट लागेपछि थप शस्त्र प्रहरी कमान्डहरु र जरलैया युवा क्लबका सहयोगले ढुङ्गामुढा गर्ने २ जना सहित लु ४ त २२१५ टयाकटर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका सुस्ता-३ रेवा रेता बस्ने हिरा केवटको टयाकटर र ढुङ्गामुढा गर्ने रेवारेता बस्ने बर्ष १८ का तुफानी केवट र सोही स्थानमा बस्ने बर्ष २० का श्यामलाल केवट रहेका छन् ।
नियन्त्रणमा लिएको ट्याक्टर र द्वेव केवटलाई ईलाका प्रहरी कार्यालय बिनयी त्रिबेणिलाई जिम्मा दिएको छ। थप सुरक्षा परिचालन गरि सामान्य घटनादेखि तस्करी नियन्त्रण सम्म अहोरात्र दिनरात गरि अहम भुमिका निभाउने सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिनयी त्रिबेणिका सशस्त्र प्रहरी निरीक्षक तेज बहादुर ठकुरीले बताएका छ्न ।