विद्युत प्राधिकरणको कारणले प्रतापपुरको एक करोड बजेट फ्रीज हुँदै
श्याम थापा
सुस्ता १६ जेठ
नेपाल विद्युत प्राधिकरणको कारणले गर्दा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको एक करोड बजेट फ्रीज हुने भएको छ ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले आज बुधबारका दिन पत्रकार सम्मेलन गरि नेपाल विद्युत प्राधिकरणको कारणले आफ्नो पालिकाले कृषि बिधुतिकरणका लागि बिनियोजित गरेको एक करोड रकमको योजना फ्रीज हुने बताएका छन् ।

पालिका का अध्यक्ष उमेश चन्द्र यादवले पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका केही कर्मचारीहरुले बदनियत पुर्ण तरिकाले विद्युत उपभोग गर्ने आम सेवाग्राहीहरुलाई अनावश्यक दुख दिने गरेको,काममा ढिलासुस्ती गर्ने गरेको,जनताबाट काम गराए वाफत अतिरिक्त पैसाको अपेक्षा राख्ने गरेको जस्ता अनेकन जनताहरुलाई सास्ती दिने कार्य विद्युत प्राधिकरणका केही कर्मचारीहरुबाट हुने गरेको भनी आम स्थानीयबासीहरुबाट दैनिक जस्तो गुनासोहरु आफू जनप्रतिनिधिले सुन्दै आएको बताए ।
पालिका अध्यक्ष यादवको अनुसार आफू निर्वाचित भएर आइसकेपछि आफ्ना जनताहरुसंग चुनावको बेला गरेका कृषि क्षेत्रमा गरेका बाचा र घोषणा पत्र अनुसार काम गर्ने लक्ष्य लिएर काम गर्दै जादा नेपाल विद्युत प्राधिकरणका केहि कर्मचारीहरुको अकर्मण्यता,गैरजिम्मेवारीपनको कारणले आफ्नो पालिकाले प्रतापपुरका किसानहरुको सहुलियतका लागि कृषि विद्युतिकरणलाई प्राथमिकतामा राखेर आफ्ना योजनाहरु तर्जुमा गरेको कुल एक करोडको बजेट रकम फ्रीज हुन थालेपछि प्राधिकरणका ती कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
पालिका अध्यक्ष यादवको विशेष पहलमा लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय,उर्जा महाशाखाबाट प्रतापपुर गाउँपालिकाका अन्तर्गत एक वडालाई पुर्ण कृषि विद्युतिकरण गर्नका लागि आवश्यक एक करोड रकम बिनियोजित गरिएको र सो आयोजनाले पालिका का लागि कृषि सिंचाइका क्षेत्रमा अत्यन्त लाभदायिक हुने भएकै कारणले पालिकाले सो आयोजना संचालनका लागि नेपाल विद्युत प्राधिकरणले लागत स्टिमेट तयार गरिदिनु पर्नेमा पालिकाकाबाट पटक पटक पत्राचार मार्फत,मौखिक तथा प्रत्यक्ष भेटेर समेत लागत स्टिमेट गरिदिनका लागी अनुरोध गर्दा पनि नेपाल विद्युत प्राधिकरण केही कर्मचारीहरुको अकर्मण्यता,गैरजिम्मेवारीपन र स्वार्थ नभई काम नगर्ने प्रवृत्तिका कारण पालिकाको योजना फ्रीज हुने परिस्थिति उत्पन्न भएको पालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए ।
पालिका अध्यक्ष यादवको अनुसार यति मात्र नभई पालिकाको अन्य योजना अर्थात सडक निर्माण कार्य गर्दा बिजुलीको पोल सार्ने कार्यमा पनि नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुबाट ढिलासुस्ती हुने गरेको आफुहरुले महशुस गरेको र पालिकाले विभिन्न निकायहरुबाट उपलब्ध भएका ट्रान्सर्फमरहरुको जडान गर्नका लागि आवश्यक प्राबिधिक सहयोगका लागि बारम्बार ताकेता गर्दा पनि नेपाल विद्युत प्राधिकरणबाट सहयोग नभएको उनले बताएका छन् । भने मिति २०८१ जेठ १५ गतेका दिन नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रमा कृयाशिल ट्रेड युनियनहरुले जारी गरेको बिज्ञपत्तीमा प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवले प्राधिकरणका कर्मचारीलाई अपशब्द बोलेको र हातपात गरेको भनी गरिएको प्रचार प्रति गम्भीर ध्यानाकर्षण भएको र आफ्नो चरीत्र हत्या गर्न उद्द्त केही कर्मचारीको कुरा सुनी सत्य तथ्य नबुझी कर्मचारी युनियनहरुले जारी गरेको बिज्ञप्त्ति प्रती खेद प्रकट पालिका अध्यक्ष उमेश चन्द्र यादवको निजिसचिवालय गरेको छ ।
प्रतापपुर पालिका का अध्यक्ष उमेश चन्द्र यादवको निजि सचिवालयले एक बिज्ञप्त्ति जारी पनि गरेको छ ।
के छ त ? पालिका अध्यक्ष उमेश चन्द्र यादवको निजि सचिवालयको बिज्ञप्तिमा तस्बिरमा हेरौं



