बिजय लघुवित वित्तीय संस्था बेलासपुर द्वारा पाल्हीनन्दनलाई आर्थिक सहयोग

श्याम थापा

नवलपरासी १२ बैषाख

कोभिड १९ कोरोना भाइरसको उच्च जोखिम न्यूनीकरण गर्नका लागि विभिन्न स्थानीय तहले बिपद प्रकोप ब्यवस्थापन कोष संचालनमा ल्याएको छ । यसै बिच पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले संचालनमा ल्याएको बिपद प्रकोप व्यवस्थापन कोषमा बिजय लघुबित बित्तीय संस्था शाखा कार्यालय बेलासपुरले आर्थिक सहयोग गरेको छ ।

कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि पाल्हीनन्दन गाउँपालिकाले गर्दै आएको कार्यलाई थप मदत पुर्याउनको लागि बिजय लघुबित बित्तीय संस्था शाखा कार्यालय बेलासपुरले आर्थिक रकम स्वरुप १० हजार सहयोग गरेको हो ।

पाल्हीनन्दन गाउँपालिकाको कार्यालयमा गएर संस्थाका शाखा प्रमुख बिजय बोगटी क्षेत्रीले पालिकाको अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) लाई १० हजारको चेक हस्तान्तरण गरेका हुन ।

बित्तीय संस्था र संस्थाका सम्पूर्ण कर्मचारी परिवारलाई धन्यवाद दिदै अगामी दिनमा पनि यसरी सहयोग रहने पालिका अध्यक्ष गुप्ताले आशा व्यक्त गरेका छन । बिजय लघुवित वित्तीय संस्थाले पाल्हीनन्दन गाउँपालिकाको बेलासपुरमा रहेर समुदायमा समूह बनाई आर्थिक कारोबार गर्दै सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *