प्रहरी द्वारा २०लिटर घरेलु मदिरा नष्ट
नन्दु यादव बैशाख ९ नवलपरासी
कोरोना भाइरसको राेकथाम गर्न जारी गरिकएको लकडाउनकै बीच प्रहरीले नवलपरासीमा अवैध मदिरा नष्ट गर्ने अभियान चलाएको छ ।
लकडाउनको बेलामा पनि भट्टीमा जमघट बढ्दै जाँदा भठ्ठि लगायतकाठाउहरुमा नवलपरासी प्रहरीले निगरानी बढाएकाे छ ।
ईलाका प्रहरी कार्यालय सेमरी काे गस्ति टाेलिले बर्दघाट नगरपालिका वडा न १६बाट साईकलमा बाेकि लिएर जाने क्रममा २०लिटर घरेलु मदिरा नियन्त्रणमा लिएकाे हाे ।
नियन्त्रणमा लिएकाे मदिरा अाज प्रहरी पत्रकार काे राेहबरमा नष्ट गरिएकाे छ ।ग्रामीण बस्तीमा बनाइने यस्तो मदिरा धेरैजसो गरिब वर्गका सर्वसाधारणले खाने गरेका छन् ।
यस्तो मदिराको सेवनले जनधनको क्षति र जनस्वास्थ्यमा हुने प्रतिकूल असर रोक्न रक्सि नष्ट गर्ने अभियान नै सञ्चालन गरिएको ईलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ।