प्रतापपुरको गुठिप्रसौनीमा ल्याब सेवा
श्याम थापा
सुस्ता २४ भदौ
पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वार्ड न ६ मा रहेको गुठिप्रसौनी स्वास्थ्य संस्थामा आज आइतबार देखि प्रयोगशाला अर्थात ल्याब सेवा(प्याथालोजी सेवा) सुरु भएको छ ।
फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्चको आधारभुत स्वास्थ्य परियोजना र प्रतापपुर गाउँपालिकाको कार्यालयको सहकार्यमा गुठिप्रसौनीका स्थानीय सेवाग्राहीहरुलाई मध्यनजर गर्दै ल्याब सेवाको एक कार्यक्रम गरि सुभारम्भ गरेको हो ।

गुठिप्रसौनी स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतापपुर गाउँपालिका वार्ड न ६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारीको अध्यक्षयतामा,प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख अतिथ्यतामा र पालिकाकी उपाध्यक्ष मान कुमारी चौधरीको बिशेशअतिथ्यतामा भएको प्रयोगशाला(प्याथालोजी सेवा) समुद्द्घाटन समारोह कार्यक्रममा पालिका अध्यक्ष उमेश चन्द्र यादवले सम्बोधन गर्दै हामी जननिर्वाचित हुनु भन्दा जब हामी चुनावमा हुम्मिदै गर्दा नागरिकहरु संग गरेका बाचाहरु अन्तर्गत प्रतापपुरको स्वास्थ्य क्षेत्रलाई सुधार गरि प्रतापपुरबासीहरु निशुल्क तथा सरल सहज स्वास्थ्यमा पहुँच बनाउन आफुहरु हरपल लागेको र सोही अनुसार अहिले प्रतापपुरको गुठिप्रसौनीमा ल्याब सेवा पनि विस्तार गरिएको बताएका छन् ।

पालिका भित्र रहेका सम्पूर्ण नागरिकहरुको स्वास्थ्यको जिम्मेवारी स्थानीय सरकार भएको हुदा आफू र आफ्नो जनप्रतिनिधि टिम स्वास्थ्य प्रति एकदमै गम्भीर रहेको हुदा आफुहरुको स्पिडमा स्वास्थ्यकर्मीहरुले पनि सेवाग्राहीलाई सेवा दिनुपर्ने र सेवाग्राहीलाई सन्तुष्टि हुने गरि सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई पालिका अध्यक्ष यादवले निर्देशन गर्नु भएको छ ।

त्यसैगरी पालिकाकी उपाध्यक्ष मान कुमारी चौधरीले गुठिप्रसौनी स्वास्थ्य संस्थामा ल्याब सेवा संचालनमा ल्याउन सामग्री सहित अहम् भुमिका खेलेको फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्चलाई धन्यवाद व्यक्त गर्दै अब यस वडाका सेवाग्राहीहरुलाई स्वास्थ्यमा केही हदसम्म लाभ लिन पाउने महशुस गर्दै गर्भवती महिला दिदिबहिनीहरुलाई चेकजाँच गर्न पनि सहज हुने उनले बताएईन ।
गुठिप्रसौनी स्वास्थ्य संस्थामा संचालन आएको प्रयोगशाला(प्याथालोजी सेवा) गर्भवती सेवा भित्र पर्ने रगत,दिसापिसाब सम्बन्धिको चेक जाच निशुल्क रहने र अन्य जाचको लागि सामान्य शुल्क लिई सेवा दिइने गुठिप्रसौनी स्वास्थ्य संस्थाका प्रमुख सुरेश कुमार चौधरीले बताए ।

प्रयोगशाला सेवा अन्तर्गत सिबिसि,मधुमेह(सुगर)युरिया क्यार्टिनाईन,कोलोस्टोर,युरिक एसिड,पिलिया(ज्यान्डिस),टाईफाड,मलेरिया,एच आई भि ,हे पा ,सिफ्लिस अनि रगत समुह जाच सेवा दिनुको साथै दिसापिसाब जाच सेवा दिइने गुठिप्रसौनी स्वास्थ्य संस्थामा कार्यरत ल्याब असिस्टेन्ट बिनिता गुप्ताले बताएकी छिन् ।