नेपाल मुस्लिम इत्तेहाद सङ्गठन नवलपरासीद्वारा ज्ञापन पत्र
श्याम थापा
सुस्ता ६ बैशाख
नेपाल मुस्लिम इत्तेहाद संगठन पश्चिम नवलपरासी द्वारा जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा ज्ञापनपत्र बुझाएको छ ।

सामाजिक सञ्जालमार्फत ईस्लाम धर्मावलम्बीहरुका पैगम्बर मोहम्मद स.अ.व को बारेमा भ्रामक तथा अनादर र अपमानीत हुने शब्दहरु प्रयोग गरी सामाजिक संजालमा पोस्ट गरेका कमलनारायण दास लाई कडा भन्दा कडा कारवाही को माग राख्दै नेपाल मुस्लिम इत्तेहाद सङ्गठन नवलपरासी (ब.सु.प)द्वारा प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार गृह मन्त्रालय लाई ज्ञापन पत्र बुझाएको नेपाल मुस्लिम इत्तेहाद सङ्गठन नवलपरासीका अध्यक्ष रियाजुलहक अन्सारीले जानकारी गराएका छन् ।