नारायणी नदिमा डुबेर सुस्ताका एक बालकको मृत्यु

श्याम थापा

सुस्ता १९ जेठ

पश्चिम नवलपरासीको नारायणी नदिमा डुबेर एक बालकको मृत्यु भएको छ ।

डुबेर मृत्यु हुनेमा जिल्लाको सुस्ता गाउँपालिका वडा न ५ पक्लिहवा स्थित रामनगर गाउँ बस्ने महन्थ लोनियाको छोरा बर्ष ११ को उमेश लोनिया रहेका छन् ।

मृत्यु हुने बालक साथीहरूसंग मिलेर घर अगाडि रहेकोे नारायणी नदिमा नुहाउन गएका थिए साथीहरू संग नुहाउने क्रममा उमेशको डुबेर मृत्यु भएको घर परिवारले जनाएको छ ।

नारायणी नदिमा डुबेका बालकलाई स्थानीय र प्रहरीहरु मिलेर खोजिकार्य गरेपछि डुबेको स्थानबाट करिब १० मिटर दुरिमा फेला परेको थियो ।

मृतक उमेश लोनियाको शवलाई पोस्टमार्टम गर्नका लागि पृथ्वी चन्द्र अस्पताल परासी लगेर घरमा ल्याई हिन्दु परम्परा अनुसार उनको पार्थिव शरीर दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *