गृहमन्त्रीको निर्देशनपछि सीआइबीले थाल्यो विनोद चौधरीमाथि अनुसन्धान

सुस्ता सन्देश

काठमाडौं ७ चैत्र

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान अघि बढाएको छ।

सीआइबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान गरिरहेकोबारे सभामुखलाई बुधबार पत्रसमेत पठाएको छ।

सीआइबीले सभामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख छ।

काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात किर्ते गरी निजी बनाएको भन्दै सिआइबीले छानबिन गरिरहेको हो।

यसअघि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको भन्दै सिआइबीले विनोदका भाइ अरुण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । साभार:- नागरिक पत्रीका

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *