ईलाका प्रहरी बेलाटारीको गस्ती,हुने भयो तस्करीलाई सास्ती”
श्याम थापा
नवलपरासी १८ बैषाख
यतिखेर पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बेलाटारीको गस्ती तिब्र रूपमा परिचालन भइरहेको छ । देशमा जारी रहेको लकडाउनको मौका छोपी सिमावर्तीको विभिन्न ठाउँ स्थानीय तस्करहरुको सक्रियता बढ्न थालेपछि ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले पनि आफ्नो नेतृत्वमा गस्ती टोलि तिब्र रूपमा परिचालन गरिरहेका छ्न ।

ईलाका प्रहरी कार्यालय बेलाटारीको गस्ती टोलिको तिब्र रूपमा सक्रियता बढेपछि ईलाका प्रहरी कार्यालय बेलाटारीको क्षेत्र भित्र रहेको पक्लिहवा,गुठिप्रसौनी,झुल्निपुर,बैदौली,बसहिया,खैरट हवा,पचफेडा लगायतका सिमावर्ती स्थानहरुमा धमाधम तस्करीहरुको अवैध सामग्री बरामद हुन थालेको छ भने स्थानीय तस्करीहरुलाई भनी सास्ती हुन थालेको छ ।
प्रहरी निरीक्षक खुमानन्द पाण्डेको नेतृत्वमा निरन्तर रूपमा खटिएको गस्ती टोलीले विभिन्न ठाउँ ठाउँबाट अवैध रूपमा नेपाल बाट भारत तर्फ लैजादै गरेको २०० लिटर घरेलु मदिरा,५ कार्टुन फायर र स्टार नामक रक्सि तथा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको २० के.जी. सुर्ती बरामद गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक पाण्डेले बताए ।
प्रहरीले बरामद गरेका सामग्रीको आवश्यक काम कारबाहीको लागी ईलाका प्रहरी कार्यालय बेलाटारीमा दाखिला रहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिएका छ्न ।