सुस्ता गाउँपालिका द्वारा बिषादी बारे किसानलाई अभिमुखिकरण
श्याम थापा
सुस्ता २९ जेठ
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको किसानहरुलाई बिषादी बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कृषि शाखा सुस्ता गाउँपालिकाको आयोजनामा भएको बिषादी सचेतना गोष्ठी तथा सामग्री वितरण कार्यक्रममा सुस्ता गाउँपालिका का खेतीपाती गर्ने किसानहरुको सहभागिता रहेकोे थियो ।

कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै सुस्ता गाउँपालिका कि उपाध्यक्ष गिता चौधरीले किसानहरूले जानेर होस या अन्जानमा होस् आफ्नो खेतीमा अत्याधिक बिषादीको मात्रा प्रयोग गर्ने र त्यसले किसानहरुको मात्र नभई घरपरिवारको स्वास्थ्यमा असर पार्ने हुदा केहि हदसम्म सुस्ताका किसानहरुलाई यो बिषयको फाइदा र बेफाइदा बारे जानकारी होस भन्ने उद्देश्यले पालिकाले कार्यक्रमको आयोजना गरिएको बताइन् ।

सो कार्यक्रमको उद्द्घाटन गर्दै सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले मानिसको जीवनमा प्रत्यक्ष रूपमा बिषादिले असर पारी क्यान्सर रोग जस्ता जटिल बिषयका रोगहरु देखा पर्न लागेको र अत्याधिक रूपमा किसानहरुले आफ्नो बालिनाली किराले नास नहोस् भन्दै खेतीपातीमा अत्याधिक बिषादी किसानहरुले छर्ने काम गरिरहेको र बालीनालीमा छरेको बिषादीले मानिसको स्वास्थ्यमा असर पार्ने भएको कारणले घरेलु तथा आर्गेनिक बिधिबाट किटनासक बिषादीहरु तयार गर्नुपर्ने बताएका छन् ।