प्रतापपुरमा २४ जनाले गरे रक्तदान

श्याम थापा

सुस्ता २८ जेठ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आज सोमबारका दिन २४ जनाले रक्तदान गरेका छन् ।

जिल्लाको प्रतापपुर गाउँपालिका स्थित वडा न ९ बेलाटारीमा रहेकोे प्रतापपुर स्वास्थ्य चौकीको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीको प्राबिधिक सहयोग भएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको हो ।

रक्तदान कार्यक्रम प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवले आफैले रक्तदान गरि उद्द्घाटन गरेका हुन् । गाउँपालिका अध्यक्ष यादवले रक्तदान कार्यक्रम उद्द्घाटन गर्दै मानिसको जिवन रक्षाका लागि अति महत्त्वपूर्ण चिज रगत रहेको हुँदा सम्पुर्ण ब्यक्तिहरुले आ आफ्नो ठाउँबाट रक्तदान गरि सहयोग गर्नुपर्ने बताएका छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *