केरा जोन नवलपरासीको संयोजकमा मौर्य
श्याम थापा
सुस्ता ३१ बैशाख
केरा जोन नवलपरासीको संयोजकमा युबराज मौर्य चयन भएका छन् ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित बेलाटारीमा भएको जोन संचालन समन्वय समिति पुन:गठन कार्यक्रमको भेलाले जिल्ला संयोजकको पदमा युबराज मौर्यलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

जसको उपसंयोजकमा उत्रिचन भर,सचिवमा पुजा गुप्ता रहेका छन् भने सदस्यहरुमा लख्खु प्रसाद यादव,प्रमिला धोबी,मोतिलाल कोइरी,सरोज देबि यादव,लालबिहारी कोहार र मालती देबि यादव रहेका छन् ।
जोन संचालन समन्वय समिति पुन:गठन कार्यक्रमको प्रमुख अतिथी एवं प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवले कार्यक्रमलाई सम्बोधन गर्दै केरा जोन कार्यक्रमलाई पालिकाले सहकार्य गरेर अघि बढ्ने र जोन कार्यक्रमलाई अझ पनि तिब्र रूपमा विस्तार गर्नुपर्ने रहेको र हाम्रो किसानलाई आवश्यक मल खाद र सिंचाइ जस्ता कार्यमा काम प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले पनि थप काम गर्नुपर्ने बताएका छ भने नयाँ नेतृत्व चयन गर्दा जिम्मेवारी ढ्ङ्गले चयन गर्नका लागि भेलामा उपस्थित रहेका सहभागीहरुलाई आग्रह गर्दै अब आउने नयाँ केरा जोन समितिले केरा किसानहरुको जीवन उकास्नका लागि अहम् भुमिका खेल्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै जोन संचालन समन्वय समिति पुनः गठन कार्यक्रममा अध्यक्षयता एवं प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई रुपन्देहीका प्रमुख नारायण काफ्ले ले केरा किसानहरु र कार्यालय बिच सम्बन्ध र सहकार्य गर्नका लागि जोन समितिले अहम् भुमिका खेल्ने र केरा जोन समितिसंग परियोजनाले सहकार्य गरेर नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका गरि ७ वटा वडामा काम गर्दै आइरहेको बताएका छन् ।