सुस्ताको स्वास्थ्यकर्मीलाई क्षयरोग र कोहर्ट बारे अभिमुखिकरण
श्याम थापा
सुस्ता २१ बैशाख
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको स्वास्थ्यकर्मीहरुलाई क्षयरोग र कोहर्ट बारे अभिमुखिकरण गरिएको छ ।
सुस्ता गाउँपालिका भित्र रहेको ५ वटा स्वास्थ्य संस्थाका प्रमुख,अनमी र ल्याबका कर्मचारीलाई सुस्ता गाउँपालिकाको स्वास्थ्य शाखाले क्षयरोगको अर्धबार्षिक समिक्षा र कोहर्ट बारे अभिमुखिकरण कार्यक्रम गरेको हो ।

सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा भएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी बजरङ्गी चौधरीले सहजीकरण गरेका थिए ।
अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष टेक नारायण उपाध्यायले सुस्ताबासीहरुको स्वास्थ्यलाई गम्भीर भएर स्वास्थ्यकर्मीहरुले काम गर्न आग्रह गर्दै स्वास्थ्यको क्षेत्रमा पालिकाले बजेटमा पनि हेर्ने गरेको हुदा स्वास्थ्यको सुचकमा जिल्लाकै प्रथम बनाउन लाग्नुपर्ने स्वास्थ्यकर्मीलाई निर्देशन गरेका थिए ।

त्यस्तै पालिकाकी उपाध्यक्ष गिता चौधरीले स्वास्थ्यकर्मीहरु आफ्नो काममा अलि जिम्मेवारी नबनेको व्यंग्य गर्दै स्वास्थ्यकर्मीलाई के कति काम गर्न कसले रोकेको छ भन्दै स्वास्थ्य जस्तो बिषयमा गम्भीर भएर काम गर्नुपर्ने स्वास्थ्यकर्मीहरुलाई निर्देशन गरेकी थिइन ।
त्यसैगरी सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले स्वास्थ्यकर्मीको क्षमता बढाउन पालिकाले हरपल काम गर्दै आएको र स्वास्थ्यकर्मीले पनि तालिममा पाएका कुराहरु व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् ।