ईलाका प्रहरी कार्यालय बेलाटारीले गर्यो सार्बजनिक सुनुवाई

श्याम थापा

सुस्ता २० बैशाख

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा ईलाका प्रहरी कार्यालय बेलाटारीले सार्बजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलाटारीको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सुस्ता गाउँपालिका भित्र रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि,समाजसेवी तथा नागरिकहरुको सहभागिता रहेको थियो ।

सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्याय,ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादव,सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल र सुस्ता गाउँपालिका वडा न २ का वडा अध्यक्ष कृष्णलाल मुखियाको उपस्थितिमा नागरिक र प्रहरी बिच सार्बजनिक सुनुवाई कार्यक्रम भएको हो ।

सार्बजनिक सुनुवाई कार्यक्रममा सुस्ता २ का निवासी सबिर अन्सारीले कुनै बिषयमा स्थानीयहरुको झैझगडा हुदा जसलाई चोटपटक लाग्ने उसैलाई किन हो प्रहरीले नियन्त्रण लिने भनेर जिज्ञासा राखेका थिए । त्यस्तै सुस्ता २ बस्ने दुर्गा प्रसाद पञ्जियारले जुव तास नियन्त्रण गर्नमा प्रहरी र नागरिक दुबै मिलेर काम गर्नुपर्ने सुझाव व्यक्त गरेका थिए भने धर्मेन्द्र कुमार पञ्जियारले सुस्तामा निकै हत्याको घटना बढेको हुनाले प्रहरीले आफ्नो त्यस क्षेत्रमा तिब्र रूपमा निगरानी बढाउनु पर्ने सुझाव व्यक्त गरेका थिए ।

सार्बजनिक सुनुवाई कार्यक्रममा सुस्ता निवासी नारायणी ढकालले जनताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको अवैधसामानहरुको बारे जनतालाई प्रहरीले के गर्यो भन्ने जानकारी हुन्छ कि नाई भनेर जिज्ञासा गरेकी थिइन् भने भुपनारायाण चौधरीले युवाबर्गलाई लागू औषध द्रुब्यशनीबाट जोगाउन प्रहरीको भुमिका के ? साबित्रा आले मगरले महिला हिंसा न्यूनीकरण गर्नका लागि जाड रक्सी  तथा लागू औषध नियन्त्रण कार्यक्रममा पालिका र प्रहरी बिच सहकार्य गरेर काम गर्न सुझाव दिएका थिए ।

त्यसैगरी ममता हरिजनले बिद्यालयको गेट अघिनै गुटका चुरोट बेच बिखन गर्ने पसललाई प्रहरीले कार्वाही गर्नुपर्ने र जोखु यादवले सुरक्षाको हिसाबले सार्बजनिक स्थानहरुमा सिटिभी र सडक बत्ती जडान,चोरी नियन्त्रण कार्यलाई प्रहरी र पालिकाको ध्यान जानुपर्ने सुझाव व्यक्त गरेका थिए भने सुस्ता गाउँपालिका वार्ड न २ का वडा सदस्य कुन्ती चौधरीले चौक चौराहामा रहेको मदिरा पसलको समय अवधी कति हो भनेर प्रहरीलाई प्रश्न गरेकी थिइन र सुस्ता गाउँपालिका का सुचना प्रबिधि शाखा प्रमुख केशव न्यौपानेले अहिले बढ्दो साइवर क्रायमलाई कसरी नियन्त्रण लिने र कसरी यसमा प्रहरीले काम गर्छ भनेर जिज्ञासा व्यक्त गरेका थिए ।

सार्बजनिक सुनुवाईमा उठेका जिज्ञासा र सवालहरुको सम्बोधन गर्दै ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले हरपल हरेक दिन हरेक समय अर्थात दिन रात नभनी नागरिकहरुको सुरक्षामा प्रहरी खटिएको बताउदै प्रहरी त एउटा वर्दीवाला प्रहरी हो भने नागरिक भने वर्दी बिनाको प्रहरी रहेको भन्दै शान्ति सुरक्षामा जति प्रहरीको जिम्मा हुन्छ त्यतिनै आम नागरिकहरुको पनि जिम्मेवारी हुने बताए ।

प्रहरी निरीक्षक यादवको अनुसार आफू ईलाका प्रहरी कार्यालय बेलाटारीमा आएको १४ महिना भइसकेको र आफ्नो कार्यकालमा शान्ति सुरक्षाको लागि आफू र आफ्नो प्रहरी टिम कहिल्यै नचुकेको बताउदै सार्बजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासा र सवाललाई ईलाका प्रहरी कार्यालय बेलाटारीले आत्मसात गरेको र नागरिकको सुझाव अनुसारलाई मध्यनजर गर्दै कानुनी अनुसार प्रहरीले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सार्बजनिक सुनुवाई कार्यक्रमको अवसरमा ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक यादवले यस आर्थिक बर्ष ०८०/०८१ को ९ महिनाको प्रतिबेदन अनुसार ठाडो उजुरी ४ सय वटा दर्ता भएको र त्यस मध्येमा ३ सय ७६ वटा उजुरीको पछ्यौट भएको र २४ वटा निवेदन बाकी रहेको र हेर्दै गरेको,२० जना हराएको भनेर निवेदन परेको जसमध्ये १२ जना फेला परेको र ८ जनाको खोजी कार्य रहेकोे र अवैध समानहरु नियन्त्रण लिएर ९१ लाख ९ हजार २ सय ६९ रुपैया राजस्व दाखिला गरेको,नदिजन्य पदार्थमा ८ लाख ५० हजार राजस्व दाखिला,अदालतको फैसला पश्चात लुकिछुपी बसेका ब्यक्तिहरु मध्ये २८ जनालाई नियन्त्रण लिएको र ट्राफिक कारबाही ७ सय ३० जनालाई कारबाही गरेवाफत ४ लाख ५ हजार राजस्व दाखिला भएको बताएको छ ।

प्रहरी निरीक्षक यादवको अनुसार काम गर्ने दौरानमा नेपाल भारत खुल्ला सिमाना भएको कारणले गर्दा भारतीय सवारीसाधनले दुर्घटना गराएर प्रहरीलाई खबर नगरी सिमापार हुने र कोही ब्यक्तिहरुको दुर्घटना पर्दा पहिचान गर्न गाह्रो हुने जस्ता समस्याहरु आफुहरुले भोग्दै आएको बताए र ईलाका प्रहरी कार्यालय बेलाटारीले सेवाग्राहीहरुलाई सहजको रूपमा आफ्नै कार्यालय भवन निर्माण गरेको,१५ स्थानमा सिसिटिभी क्यामेरा जडान गरेको र ईलाका प्रहरी कार्यालय बेलाटारीको भावी योजनामा सिमानाका र नारायणी नदि अवैध चोरी निकासी नियन्त्रण गर्ने,फरार अभियुक्तहरुलाई पक्राउ गर्ने,अगामी दिनमा बिपद व्यवस्थापन नियन्त्रणका लागी नागरिक सचेतना कार्यक्रमको निरन्तरता दिने,सवारी दुर्घटना न्यूनीकरणबारे जनचेतनामूलक काम गर्ने,समुदायमा प्रहरीको उपस्थितिलाई अझ बढाउने,सिमानाकामा हुने घटना नियन्त्रण गर्न सिमावर्ती क्षेत्रमा रहेकोे चौकी र भारतीय सुरक्षाकर्मीहरुसंग सहकार्य गरेर अघि बढ्ने र अझ केही सार्बजनिक स्थानहरुमा सिसिटिभी क्यामेरा जडान कार्य अगाडि बढाउने ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश यादवले बताएका छन् ।

सो सार्बजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले गाउँपालिकालाई प्रहरी प्रशासनको निकै राम्रो सहयोग रहेको अझ बिशेश गरि अवैध रूपमा नारायणी नदीबाट हुने नदिजन्य पदार्थको चोरी नियन्त्रण कार्यमा पालिकालाई सहयोग गरेकोमा प्रहरीलाई धन्यवाद व्यक्त गर्दै अगामी दिनमा पालिका र प्रहरी कार्यालय बिच सहकार्य गरि सुस्ताबासीको शान्ति सुरक्षामा काम गर्ने बताए ।

सार्बजनिक सुनुवाई कार्यक्रमको संचालन ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी सहायक निरीक्षक डिल्लीराज ढकालले गरेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *