टी-२० अन्तर्राष्ट्रियको अलराउन्डरको वरीयतामा दिपेन्द्र ११औं स्थानमा

सुस्ता सन्देश संवाददाता

सुस्ता ६ बैशाख


ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

गत शनिबार कतारविरूद्धको खेलमा दीपेन्द्रले कीर्तिमानी प्रदर्शन गरेका थिए । कतारका कमरान खानविरूद्ध २०औं ओभरको ६ बलमै ६ छक्का प्रहार गर्दै कीर्तिमानी प्रदर्शन गरेका थिए ।

 नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी-२० वरीयतामा छलाङ मारेका छन् । उनी टी-२० अन्तर्राष्ट्रियको अलराउन्डरको वरीयतामा ११औं स्थानमा पुगेका छन्। दीपेन्द्र यो वरीयतामा १४ स्थान माथि उक्लिएका हुन् ।

यस्तै दीपेन्द्रले टी-२० को ब्याट्सम्यानको वरीयतामा पनि फड्को मारेका छन्। उनी ब्याट्सम्यानको वरीयतामा १६ स्थान माथि उक्लिदै ६१औं स्थानमा पुगेका छ्न्। 

नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी बने । अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाँचौ र टी-२० मा तेस्रो खेलाडी बने। टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका किरोन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

युवराजले इंग्ल्यान्डका स्टुअर्ट ब्रोडविरुद्ध २००७ को टी-२० विश्वकपको एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। पोलार्डले सन् २०२१ मा श्रीलंकाका अकिला धनञ्जयलाई ६ छक्का प्रहार गरेका थिए । 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *