प्रहरी प्रशासनकै मिलोमतोमा अवैध रूपमा नदिजन्य पदार्थ ढुवानी

श्याम थापा

सुस्ता २० चैत्र

पश्चिम नवलपरासीको नारायणी नदीबाट प्रहरी प्रशासनकै मिलोमतोमा अवैध रूपमा मिस्कट नामक नदि जन्य पदार्थ धमाधम ढुवानी भइरहेको छ ।

सुस्ता गाउँपालिकाको कार्यालयले गौरव योजना भन्दै हुलाकी राजमार्ग सडक निर्माणका आयोजनाको लागि भनेर पालिकाको क्षेत्रअधिकार भित्र पर्ने नदिजन्य पदार्थ उत्खनन गरेर ढुवानी गर्न अनुमति दिएको आडमा प्रहरीले अवैध रूपमा नदिजन्य पदार्थ ढुवानी गराईरहेको पाइएको छ ।

नारायणी नदीबाट उत्खनन गरेको नदिजन्य पदार्थको ढुवानीका लागि अनुमति पाएको सवारी साधनहरुको प्रयोग मात्र नभई अन्य सवारी साधन प्रयोग गराई प्रहरीले अवैध रूपमा ढुवानी गराएको स्थानीयबासीहरुले आरोप लगाएको छ ।

केहि पैसाको प्रलोभनमा परेर प्रहरीले अवैध रूपमा नदिजन्य पदार्थ ठेकेदारसंग मिलेर अवैध ढुवानी गराई रहेको भनेर स्थानीयले थाहा पाएपछि उत्खनन भएको स्थानमा गएर ढुवानी गर्ने सवारीहरु पालिकाको अनुमतिपत्र अनुसार स्थानीयले चेकजाँच गर्दा पत्रमा बाहेक अन्य सवारी साधन पनि चलेको सवारीलाई स्थानीयले नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय बेलाटारीको मातहतमा पर्ने नर्सही प्रहरी चौकीमा २ वटा हाईभा नामकको सवारीलाई बुझाएका छन् ।

देशको राजस्व संकलनमा सहयोग पुर्‍याउन पर्ने प्रहरीले पालिकाको आडमा यसरी रक्षक नै भक्षक भयो भने स्थानीय नागरिकले कसको माथी बिश्वास गर्ने भन्ने चिन्ताको बिषय बनेको छ ।

पालिकाको अनुसार आफुहरुले आफ्नो क्षेत्रअधिकार भित्र पर्ने गरि नारायणी नदीबाट नदिजन्य पदार्थहरु विभिन्न योजनाको लागि निर्माण कम्पनीसंग राजस्व लिई उत्खनन गर्न सवारी साधनको नाम र नम्बर सहित अनुमतिपत्र दिएको र अवैध कार्य वा राजस्व छली काम नहोस् भनेर नेपाल प्रहरी ,सशस्त्र प्रहरी र आफ्नो पालिकाको नगरप्रहरीहरुलाई सुरक्षामा खटाएको सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले बताएका छन् ।

यसरी डिउटीमा खटिएका सुरक्षाकर्मिले सुस्ता गाँऊपालिकाले उत्खननमा प्रयोग हुने सवारी साधनको नम्बर समेत उल्लेख गरेको नहेरी सडक आयोजनाका ठेकेदारको मिलोमतोमा उत्खन्नमा थप ढुवानीको साधन प्रयोग गरि राजस्व छलेको आरोप स्थानियले लगाएका छन ।

सुस्ता गाउँपालिका वार्ड न ४ का स्थानिय लख्खु यादव भन्छन, विगत ३ दिन देखि अबैध रूपमा नदिजन्य पदार्थ ढुवानी प्रहरी तथा पालिकाको नगरप्रहरीकै अघि भैरहेको हुदा प्रहरी प्रशासन मौन बस्नुनै शंकाको घेरा हो भन्ने बुझ्न सकिन्छ । जब प्रहरीकै बिश्वास नलागेपछि गाँऊलेले विरोध गरेर अवैध रूपमा ढुवानी गर्न प्रयोग भएका साधन प्रहरीको जिम्मा लगाएको बताउदै उनि भन्छन, प्रहरी र नगरप्रहरी सगै छ तिन दिन देखि अबैध ढुवानी भैरहदाँ प्रहरी किन मौन बस्यो ?

ढुवानी गर्न प्रयोग गरिएका साधन ईलाका प्रहरी कार्यालय बेलाटारी ल्याऊन नदिएपछि नर्सही नै छोडिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले बताए । उनले ढुवानीमा प्रयोग भएको साधन स्थानियको सहयोगमा प्रहरीले नै नियन्त्रणमा लिएको पनि जानकारी दिएका छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *