भित्ते चित्र कथा तालिम प्रतापपुरमा सम्पन्न ।

श्याम थापा

सुस्ता २९ फाल्गुन

पश्चिम नवलपरासी स्थित प्रतापपुर गाउँपालिकामा भित्ते चित्र कथा सम्बन्धि तालिम सम्पन्न भएको छ ।

इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नवलपरासी र यूनाईटेड मिसन टु नेपाल को साझेदारीमा संचालित स्क्रिप परियोजनाको आयोजनामा भएको ३ दिने भित्ते चित्र कथा सम्बन्धि तालिममा  प्रतापपुर गाउपालिकाको वडा तथा समुदाय स्तरको बालक्लबका सदस्यहरु र यूवाक्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

समुदायमा रहेका विभिन्न बालबालिकाहरु समस्या लगायत कला तथा ज्ञान सन्देशका कुराहरु आफ्नै गाउँ ठाउँमा कसरी चित्र तथा कथा मार्फत दर्शाउन सकिने उद्देश्यले पालिका भित्र रहेका समुदायका बालबालिका र युवाहरूको भित्ते चित्रमा कथा सम्बन्धि तालिम आयोजना गरिएको इन्द्रेणी सामाजिक बिकास मञ्च स्क्रिप परियोजनाका संयोजक बिना चौधरीले बताइन् ।

परियोजना संयोजक चौधरीको अनुसार स्क्रिप परियोजना बिगत बर्ष देखि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकालाई कार्यक्षेत्र बनाई बालबालिकाहरुको हक अधिकार तथा बाल संरक्षण लगायत बिषयमा रहेर काम गर्दै आएको र हाम्रो समुदाय अहिले पनि बालबालिका सम्बन्धि हिंसाहरु बिद्द्मान रहेको हुदा बालबालिकाहरुको क्षमता बिकास गर्न उनीहरुको घरपरिवार तथा अभिभावकहरुलाई र समुदायमा रहेका बाल क्लब तथा युवा क्लबलाई  पनि परियोजनाले सचेत गराउदै आइरहेको उनले बताइन् ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी चौधरीले प्रतापपुरमा बालबालिकाका क्षेत्रमा पालिका भित्रको वास्तबिक घटनाहरुलाई चित्रको माध्यमबाट जनसमुदाय तथा स्थानिय निकाय समक्ष साझा गर्ने उद्धेश्यले प्रतापपुर गाउँपालिकाको समुदायमा रहेको बालक्लब तथा युवा क्लबका पदाधिकारीहरुलाई क्षमता अभिबृद्दी गर्न तालिम आयोजना गरेकोमा परियोजनाका सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गरेकी थिइन ।

पालिका उपाध्यक्ष चौधरीका अनुसार बालबालिकाहरुले बालमैत्री स्थानिय शासन घोषणा गर्न बालबालिकाको सहयोग अतिआवश्यक रहने तथा प्रत्यक्षरुपमा सबै संग पुग्न नसके पनि यो तालिमबाट बालबालिकाको क्षेत्रमा रहेको यथार्थ समस्याहरु पहिचान भै पालिकाले कुन सवालमा काम गर्न पर्ने जस्ता बिषयमा ध्यान दिनु पर्ने मार्ग निर्देशन यो तालिमले पालिकालाई सहयोग गरेको उनले बताइन् ।


सो तालिममा सहभागी बालबालिकाहरुले प्रतापुर गाउपालिकामा बालबालिकाहरुको सवालहरु पहिचान गरि बिस्तृतरुपमा घटनाको सारांस तयार गरि सारांस लाई चित्रबाट कथा बनाएर त्यस कथालाई सम्बादबाट प्रस्तुत गरेका थिए भने परियोजनाले आयोजना गरेको तालिमबाट आफुहरुलाई चित्र कोर्न, कथा लेखन ,कथा आनुसारको शिर्षक लेख्न सक्षम भएको सहभागीहरुले बताएका छन् ।

सो तालिमको सहजीकरण बाबुराम खड्का र निरीजना भट्टले गरेका थिए भने तालिमको अनुगमन इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नवलपरासीका अध्यक्ष होमराज कुवर र मञ्चका उपाध्यक्ष बिमल चन्द्र घिमिरेले गरेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *