नेपाल प्रहरी श्रीमती संघ द्वारा सुस्तामा स्वास्थ्य शिविर

श्याम थापा

सुस्ता १६ फाल्गुन

पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको नारायणी नदि पारीको सुस्ता गाउँमा स्वास्थ्य शिविर संचालन भएको छ ।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा र पृथ्वी चन्द्र अस्पताल परासीको प्राबिधिक सहयोगमा सुस्ता गाउँपालिका स्थित नारायणी नदि पारीको सुस्ता गाउँमा भएको एकदिने स्वास्थ्य शिविरमा करिब ३ सय जना ब्यक्तिले सेवा लिएको आयोजकले जनाएको छ ।

सेवानै धर्म हो,स्वास्थ्य नै अमुल्य हो भन्ने मुल नाराको साथ आयोजना भएको निशुल्क स्वास्थ्य शिविरमा हार्डजोर्नी सेवा,महिला तथा प्रसुती सेवा,दन्त सेवा,जनरल सजरी,सामन्य चिकित्सक सेवा,फार्मेसी सेवा दिइएको पृथ्वी चन्द्र जिल्ला अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण पाण्डेले बताउनु भएको छ ।

नेपाल प्रहरी श्रीमती संघका केन्द्रिय अध्यक्ष एवं निशुल्क स्वास्थ्य शिविरको उद्द्घाटन कार्यक्रमका प्रमुख अतिथि लक्ष्मी कुवरले कार्यक्रमको सम्बोधन गर्दै स्वास्थ्य क्षेत्रमा पिछडिएका सुस्ता गाउँका सुस्ताबासीहरुलाई केहि हदसम्म स्वास्थ्यको अनुभुति दिलाउनका लागि नेपाल प्रहरी श्रीमती संघले कदम चलाएको उहाँले बताउनुभयो ।

श्रीमानहरु देशको शान्ति सुरक्षा कायम गर्न दिनरात खटेर हामी नागरिकहरुलाई सुरक्षाको अनुभुति दिलाउने कार्य गरिरहेको र राष्ट्रसेवक कर्मचारीको परिवारले स्वास्थ्य जस्तो संबेदनसिल कुरालाईलाई मध्यनजर गरेर सुस्ता गाउँमा आएर स्वास्थ्य शिविरको आयोजना गरेको हुँदा श्रीमती संघका सम्पूर्ण पदाधिकारीलाई सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

निशुल्क स्वास्थ्य शिविरको एक कार्यक्रम गरि सुस्ता गाउँका ९५ बर्षिय टुकुर मियाको स्वास्थ्य परिक्षण गरि शिविरको शुभारम्भ गरिएको थियो भने शिविरमा सुस्ताबासीका मानिसहरु मात्र नभई छिमेकी राष्ट्र भारतका नागरिकहरुले पनि सेवा लिएको पृथ्वी चन्द्र जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर पाण्डेले जानकारी गराउनु भएको छ ।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष निलम कडायतको अध्यक्षयतामा,नेपाल प्रहरी श्रीमती संघका केन्द्रिय अध्यक्ष लक्ष्मी कुवरको प्रमुख अतिथ्यतामा र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादवको बिशेषअतिथ्यतामा भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआईजी कुबेर कडायतले सुस्ताबासीहरुको समस्या र पिडालाई नेपाल प्रहरीले नजिकबाट निहालेको र नागरिकहरुको सुरक्षाका लागि नेपाल प्रहरी हरबखत तयार रहेकोे बताउनुभयो ।

सो निशुल्क स्वास्थ्य शिविरको अवसरमा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी,जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक काजी कुमार आचार्य,जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव(रुदल) लगायतले सुस्ताबासीको स्वास्थ्यमा श्रीमती संघले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर उल्लेखनीय काम गरेको मन्तव्यमा जोड दिनु भएको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *