नवलपरासीमा लागुऔषध सहित एक युवक पक्राउ
सुस्ता सन्देश डेक्स
सुस्ता ४ माघ
पश्चिम नवलपरासीमा लागु औषध सहित एक युवक पक्राउ परेको छ ।
पक्राउ पर्नेमा रुपन्देही जिल्लाको देवदह नगरपालिका १२ बस्ने वर्ष २१ को धरमवीर केवट रहेको छ । केवटलाई जिल्लाको रामग्राम नगरपालिका वार्ड न ५ बाईपास चोकमा प्रहरीले लागुओैषध सहित नियन्त्रणमा लिएको हो ।
महेशपुरबाट पैदल आउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा धरमवीर केवटलाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।
पक्राउ परेको केवटलाई नियन्त्रणमा लिएर थप चेकजाँच गर्दा उनले लगाएको ज्याकेटका दुबै खल्तीबाट प्रहरीले २/२ एम.एल. को NORPHINE लेखेको ५२ एम्पुल, DIAZEPAM लेखेको ५२ एम्पुल, PHENERGAN लेखेको ५२ एम्पुल, NORPHINE लेखेको स्टिकर ५४ पिस, Tambo कम्पनीको keypad phone एक थान र infinix कम्पनीको screen touch मोबाईल एक थान फेला पारेकाे थियाे ।
केवटलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएको छ ।