नर्सही महिला बचत सहकारीको कारोबार करिब ३ करोड
श्याम थापा
सुस्ता २७ पुस
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न ४ स्थित नर्सहीमा रहेको नर्सही महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष ०७९/०८० मा करिब ३ करोड बराबरको कारोबार गरेको छ ।
नर्सही महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मन्जु कुमारी कार्कीको अध्यक्षयतामा र सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गिता चौधरीको प्रमुख अतिथ्यतामा शुक्रबारको दिन भएको सहकारी संस्थाको १७ औं बार्षिक साधारणसभाको अवसरमा संस्थाको आर्थिक बर्ष ०७९/०८०को आय व्यय प्रस्तुत गर्दै संस्थाले कुल २ करोड ६० लाख ७० हजार २ सय ७८ रुपैया कारोबार गरेको सहकारी संस्थाका व्यवस्थापक कुमारी गुरुङ्गले बताउनु भएको छ ।

संस्थाका व्यवस्थापक गुरुङ्गले प्रस्तुत गरेको आय ब्यय प्रतिबेदन अनुसार संस्थाले यस बर्ष १० लाख १२ हजार ९ सय ४८ रुपैया शुद्ध नाफा कमाएको उहाँले बताउनुभयो ।
सहकारी संस्थाको बार्षिक साधारणसभामा संस्थाको आर्थिक प्रगति प्रतिबेदन लेखा समितिका संयोजक लक्ष्मीमाया घले ले प्रस्तुत गर्नुभएको थियो भने संस्थाले बर्ष भरी गरेका प्रगति बारे संस्थागत प्रगती प्रतिबेदन संस्थाका अध्यक्ष मन्जु कुमारी कार्कीले प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा नेपाल राष्ट्रिय माध्यमिक बिधालयका बिधालय व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ कुश्वाहा,संगालो साना किसान सहकारी संस्था नर्सहीका अध्यक्ष नन्दलाल गुप्ता,सुस्ता गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख निर्मला कुश्वाहा,सुस्ता गाउँपालिका वार्ड न ४ का निर्वतमान वडा अध्यक्ष अशोक कुमार गुरुङ्ग,सुस्ता गाउँपालिकाको कार्यपालिका सदस्य एवं वडा न ४ का वडा सदस्य मुना पुन,समाजसेवी धन बहादुर गुरुङ्ग र सुस्ता सहकारी संजालका अध्यक्ष एव महर्षी बचत तथा ऋण सहकारी संस्था सुस्ता २ महलबारीका अध्यक्ष डिल्लीराम काफ्ले लगायतका बक्ताहरुले नेपालमा सहकारीको महत्त्व र फाईदा बारे मन्तव्यमा जोड दिनुभएको थियो । बि स २०६३ सालमा स्थापना भएको नर्सही महिला बचत तथा ऋण सहकारी संस्थामा अहिले ६ सय ५४ जना महिला शेयर सदस्य रहेका छन् ।