Blog

ईलाका प्रहरी बेलाटारीको इसारामा तस्करी मौलाउदै

श्याम थापा

सुस्ता २० कार्तिक

पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बेलाटारीको सिमावर्ती क्षेत्रबाट तिब्र रूपमा तस्करी मौलाउदै छ ।

जिल्लाको प्रतापपुर गाउँपालिका स्थित बेलाटारीमा रहेकोे ईलाका प्रहरी कार्यालय बेलाटारीको इसारामा तस्करी तिब्र रूपमा बढ्न थालेको हो ।

ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले आफ्ना नजिकका आसेपासे सिपाहीलाई तस्करहरु संग रकम उठाउने जिम्मेवारी दिएर सिमावर्ती क्षेत्रमा तिब्र रूपमा तस्करी गराइरहेको एक प्रहरीले जानकारी दिए ।

प्रहरी निरीक्षक यादवले तस्करहरुसंग पैसा मात्र नभई आफ्ना जातित्व पर्ने केही तस्करहरुको अबैध कामलाई हेर्दिनु है भन्दै आफ्नो मातहतका प्रहरी चौकीमा भन्ने गरेको सम्म पाएको छ ।

देख्दा सरल र सुशील स्वभावका ईलाका प्रहरी कार्यालय बेलाटारीका निरीक्षक यादवले आफ्नो मन खाने तस्करहरुको अवैध सामानहरु भने ओसारपसार गर्न दिने अनि आफ्नो मन नखानेहरुको अबैध सामग्री हो भन्दै ओसारपसारमा रोक लगाउने गरेको एक व्यपारीले बताए ।

ती ब्यपारीका अनुसार तस्करी गराउन भनेर प्रहरी निरीक्षक यादवले मोटो रकम आफ्नो घुमुवाको रूपमा राखेका ईलाका प्रहरी कार्यालय बेलाटारीमा कार्यरत प्रहरी सहायक हवल्दार रमेश कुमार यादवबाट असुली गराउने काम गर्दै आएको र प्रहरी सहायक हवल्दार रमेश कुमार यादवले प्रहरी निरीक्षक श्याम प्रकाश यादवको भाग मात्र नभएर आफ्नो पनि छुट्टै भाग चाहिने भन्दै स्थानीय तस्करहरु संग रकम उठाउने गरेको प्रमाण सुस्ता सन्देश संग सुरक्षित रहेको छ ।

ईलाका प्रहरी कार्यालय बेलाटारीका निरीक्षक श्याम प्रकाश यादव र सो कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार रमेश यादव दुबै मिलेर यतिखेर तस्करीहरु संग मोटो रकम असुली गरेर रजाई गरिरहेको छ ।

जिल्लाका एस पि को पनि जिम्मेवारी आफ्नै रहेको भन्दै यी दुई यादवले तस्करी धमाधम गराउदै तस्करहरु संग रकम असुली गर्ने र आफुहरु यो जिल्लाको दादा हो भन्दै दादागिरी शैलीमा रकम उठाउने र आफ्नो मन खाने ब्यक्तिको कुनै समयमा पनि अबैध समान ओसारपसार गर्न दिएको स्थानीय एक तस्करले सुस्ता सन्देशलाई बताए ।

एउटा प्रहरी नै रक्षकको ठाउँमा भक्षक बनेर एउटा राज्यको यसरी धजिया उढाएको छ भन्ने यसको पुष्ठि अहिले ईलाका प्रहरी कार्यालय बेलाटारी क्षेत्रमा भित्र रहेको नेपाल भारतको सिमामा भएको अवैध तस्करीले प्रष्ट पार्दछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *