लकडाउनमा रमजान
लेखक : मुन्ना मिया सिद्द्की
बिजय लघुवित वित्तीय संस्था जमुनिया शाखा प्रमुख
बिश्वमा फैलिरहेको माहामारी कोभिड १९ को माहामारी बाट बिश्व नै त्रासमा रहेको अवस्थामा नेपाल सरकार द्धारा घोषित लकडाउनको पुर्णरुपमापालनागर्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।
यस बिपदअवस्थामा इस्लाम धर्मको पबित्रमहिना रमजान को शुरुवातभईसकेको छ ।

यस महिनामा इस्लाम धर्मवालम्बिहरु रोजा (उपवास) बस्ने , नमाज पढ्ने , कुरान पाठ गर्ने साथै रोजापश्चात सामुहिक तराबीनमाज पढने पारम्परिक चलन रहेको छ तर यस बिपदको अवस्थामा राष्ट्रियताको कदर गर्दै देश र जनतालाई तपाई हामी सबै आफ्नै घरमा बसि बिना कुनै सामुहिक भेलामा (मस्जिद) सहभागीभई देशका यस बिपदलाई निर्मुल पार्न दुआ(प्रार्थना) गरौ ।
अल्लाहतपाई हामी सबैको दुआ(प्रार्थना)अवश्य स्विकार गर्नु हुने छ ।
मुस्लल्मइमान सहित इस्लामको परिचय दिऔं आफु पनि बचौ र आफ्ना छर छिमेकीलाई पनि बचाऔं ।
यस पबित्रमहिनाको सम्पुर्णमा हार्दिक शुभकामना (रमजानमुबारख) सहित नेपाललाई यस सक्रमण बाट यथाशिघ्र निर्मुल पार्दै पुन देशमा सबैले स्वतन्त्रतापुर्वक आफ्नो कामकाजमा लाग्न पाउन भनि मेरो कामना छ ।