ईलाका प्रहरी कार्यालय बेलाटारीको सक्रिय गस्ती,अबैध रूपमा भारत लग्दै गरेको मदिरा बरामद

श्याम थापा

नवलपरासी १२ बैषाख

पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बेलाटारीको गस्ती टोली यतिखेर सक्रिय रूपमा परिचालन भएको छ । बिश्व भरी फैलिएको कोभिड १९ कोरोना भाइरसको उच्च जोखिमलाई न्यूनीकरण गर्नका लागि देशमा जारी रहेको लकडाउनको मौका छोपेर स्थानीय तस्करीहरुले घरेलु मदिरा र कम्पनी उत्पादन मदिरा छिमेकी राष्ट्र भारत तर्फ अवैधरूपमा लैजादै गर्ने क्रममा नेपाल भारतको विभिन्न सिमा नाका बाट मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलाटारीको प्रहरी निरीक्षक खुमानन्द पाण्डेको नेतृत्वमा खटिएको गस्ती टोलिले जिल्लाको गुठिप्रसौनि,बसहीया,पक्लिहवा र खैरटहवा लगायतका ठाउबाट भारत लैजादे गरेको करिब ६० हजार बराबरको मदिरा बरामद गरि महेशपुर भन्सार कार्यालय नवलपरासीलाई बुझाएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी गराएका छन ।

नेपाल भारतको सिमामा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन हुँदा पनि तस्करीहरुले एक किसिमको सुरक्षाकर्मीलाई चुनौती दिइरहेका छन रातीको समय र दिउँसो र बिहानको समयलाई मौका छोपी मदिरा,खाद्यान्न सामग्री,किराना पसलका सामग्री र लागु औषध जस्ता सामानहरु नेपाल भारतको नाका पार गरि तस्करी हुने गरेको सिमाका स्थानीयबासीहरुले गुनासो गरेका छ्न ।

भने स्थानीयकै स्रोत अनुसार र तिब्ररूपमा गस्ती टोलि परिचालन गरेपछि १ महिना भित्र ईलाका प्रहरी कार्यालय बेलाटारीले करिब ४ लाख बराबरको अबैध सामग्रीहरु बरामद गरि महेशपुर भन्सार कार्यालय नवलपरासीलाई बुझाइसकेको प्रहरी निरीक्षक पाण्डेले सुस्ता सन्देशलाई बताएका छ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *