पश्चिम नवलपरासीमा एक वृद्धमा कोरोना र्यापिड टेष्ट पोजेटिभ, पिसिआर परिक्षणका लागी भैरहवा पठाईयो
बिकास अधिकारी
परासी, बैसाख ०९
पश्चिम नवलपरासीको बर्दघाटका एक व्यक्तिमा कोरोनाको र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको छ । ७८ वर्षीय वृद्ध पुरुषमा कोरोनाका लागी गरिएको प्रारम्भिक परिक्षणमा पोजेटिभ देखिएपछि स्वाब संकलन गरेर परिक्षणका लागी भैरहवा पठाइएको छ । कोरोनाको शंकास्पद बिरामिहरुलाई र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट परीक्षण गर्ने र यसमा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने गरिन्छ ।
सोही अनुरुप त्यी विृद्धमा एन्डीबडि देखिएपछि नमूनाको पिसिआर परिक्षणका लागि प्रदेश पाँचले भैरहवामा स्थापना गरेको ल्याबमा पठाईएको पृथ्वी चन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्रट मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो ।
पृथ्वी चन्द्र अस्पताल परासीका चिकित्सकले त्यी वृद्धको नमुना संकलन गरेर जाँचका लागी पठाएका हुन् । उनको नमुना परिक्षणको रिपोर्ट के आउछ त्यसैको आधारमा उनलाई आईसोलेसनमा पठाउने वा क्वारेन्टाईनमा राख्ने टुङ्गो लाग्ने छ ।
पश्चिम नवलपरासीमा र्यापिड टेष्टमा पोजेटिभ देखिएको यो पहिलो घटना हो । त्यी वृद्धका परिवारका सबै सदस्यको भने र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको छ । चिसापानी सामुदायिक अस्पतालमा त्यी वृद्ध व्यक्तिको आरडिटि परिक्षण भएको हो, त्यसपछि नमुना संकलनका लागी परासी ल्याईएको थियो ।
बर्दघाटमै उनको दुई पटक र्यापिट टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले पुष्टि गर्नुभयो । उनी हाल पृथ्वी चन्द्र अस्पताल परासीमै छन् तर र्यापिड टेष्टले मात्रै कोरोना संक्रमण भएको पुष्टि भने हुँदैन् ।