जाेशीद्वारा प्रतापपुरको गिदहा गाउलाई २क्विन्टल गाेलभेडा सहयाेग
नन्दु यादव / ८ बैशाख नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३बस्ने रामप्रसाद जाेशीले अाज गिदहा गाउलाई २क्विन्टल गाेलभेडा राहत स्वरुप बितरण गर्नु भएकाे छ ।गिदहामा रहेकाे १४०घरधुरिलाई गाेलभेडा सहयाेग गर्नु भएकाेे हाे ।केही समय देखि कृषि उत्पादन लाई वहाँ बढावा दिदै अाउनु भएकाे छ ।जाेशी अहिले गाेलभेडा खेति ,केरा खेति ,बाेडि लगायतका खेति विशेष रुपमा गर्दै अाउनु भएकाे छ ।विशेष गरि सरकारले गरेकाे लकडाउनका कारण विशेष तरकारी मध्ये गाेलभेडा पनि एक महत्वपुर्ण तरकारी रहेकाे छ।हरेक तरकारीलाई स्वादिलाे बनाउने गाेलभेडा भएकाेले बितरण गरेकाेे वहाले बताउनु भयाे ।यश क्षेत्रमा उखुकाे बिकल्पकाे रुपमा तरकारी खेति गर्ने फरक किसानकाे रुपमा वहालाई चिन्न सकिन्छ साथै वहाँ कृषि बिकास बैक शाखा कार्यालय बर्दघाटकाे मा सहायक अधिकृतकाे रुपमा समेत कार्यरत हुनुहुन्छ ।अब याे क्षेत्रमा उखुकाे बिकल्पकाे रुपमा तरकारी खेति केराखेति लगायत खेति गर्नुपर्ने अावश्यक रहेकाे वहाले बताउनु भयाे ।यस्ता खेतिमा सरकारले पनि विशेष रुपमा प्याकेजकाे ब्यवस्थापन गरिनु पर्ने कुरामा जाेडदिनु भयाे ।बितरण कार्यक्रमा नमस्ते युवा क्लबकाे सहकार्य रहेकाे थियाे ।