एन एम बि बैंकले गर्यो सुस्तालाई राहत सामग्री सहयोग
श्याम थापा
नवलपरासी चैत्र ३०
कोभिड १९ कोरोना भाइरसले गर्दा जोखिम न्यूनीकरण गर्नका लागि नेपाल सरकारले लगाएको लकडाउनको कारणले ज्यालादारी गरि खाने अतिबिपन्न घरपरिवारहरुको छाक टार्नमा मदत पुर्याउनका लागि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कुडियामा रहेको एन एम बि वैंक लिमिटेड कुडिया शाखाले सुस्ता गाउँपालिकाको कार्यालयलाई खाद्यान्न सहितको राहात उपलब्ध गराएको छ ।
बैकले ज्यालादारी गरि खाने अतिबिपन्न घरपरिवारलाई कोरोनाको कहरबाट छाक टार्न धौधौ भएकाहरुलाई दमासाहीको रूपमा चामल,दाल,आलु,प्याज र नुन गरि राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिदिनको लागि गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयलाई एन एम बि बैंक कुडियाका शाखा प्रबन्धक सन्तोष पौडेलले हस्तान्तरण गरेका हुन ।
राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गर्दै शाखा प्रबन्धक पौडेलले एन एम बि बैंक एउटा जनताको बैंक रहेको हुदा आफ्नो कार्य क्षेत्र भित्र रहेको अतिबिपन्न परिवारहरु लगायत अन्य नागरिकहरुको सेवामा सधै तत्पर रहने बैंक भएको कारण देशले लगाएको लकडाउनले गर्दा ज्यालादारी गरि खाने कत्ति परिवारहरुको अहिले छाक टार्न गाह्रो भइरहेको र स्थानीय सरकारको राहत वितरण कार्यक्रमलाई थप मदत पुर्याउने उद्देश्यले राहत स्वरुप खाद्यान्न सामग्री पालिकालाई हस्तान्तरण गरिएको उनले बताए ।
साथै शाखा प्रबन्धक पौडेलले विश्वभर कोरोना संक्रमणले महामारीको रुप लिईरहेको समयमा नेपालमा यसको रोकथामका लागि जारी गरिएको लकडाउन लम्विदै गएपछि ज्यालादारी र अतिविपन्न परिवारलाई दिनरातको छाक टार्न पनि धौधौ अवस्थामा पुगेको अवस्थामा बैंकले सामाजीक दायित्व र मानविय कार्य अन्तरगत राहात उपलब्ध गराएको पौडेलले बताए ।
बैंकले उपलब्ध गराएको राहात बुझ्दै सुस्ता गाउँपालिका अध्यक्ष पाण्डेयले विपदको समयमा एन एम बि बैंक कुडियाले राहात स्वरूप खाद्यान्न सामग्री उपलब्ध गराएर ठुलो सहयोग गरेको भन्दै बैंक र बैंकका कर्मचारीहरुलाई धन्यवाद प्रकट गरेका छ्न ।
अध्यक्ष पाण्डेयले सुस्ता गाउँपालिकामा पहिलो चरणको राहात वितरण गर्ने कार्य सम्पन्न भएकोले अब छिट्टै दोश्रो चरणको रहात वितरण कार्य सुरु गर्ने र गाउँपालिका भित्र कोहिपनि भोकभोकै बस्नु परिस्थिति आउन नदिने सुस्ता सन्देशलाई बताएका छ्न ।