सरावलको कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा कुबेर सस्थाकाे सहयोग

नन्दु यादव चैत३० नवलपरासी

पशिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिकाले स्थापना गरेको कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा सरावल गाउपालिका वडा न ६मा अवस्थित कुबेर बचत तथा ऋण सहकारी सस्था भुजहवाले अाज एकाईस हजार एक सय एक रुपैया बराबरकाे चेक सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चाैधरीलाई हस्तान्तरण गरि सहयाेग गरिएकाे कुबेर बचत तथा ऋण सहकारी सस्थाका ब्यवस्थापक लक्ष्मुन काेईरीले बताउनु भयाे ।

विश्वव्यापि महामारीको रुपमा देखिएको कोरोना विरुद्धको लडाई सबैको साझा भएकाले कुबेर बचत तथा ऋण सहकारी सस्था भुजहवाकाे तर्फ देखि सहयोग रकम हस्तान्तरण गरिएको अध्यक्ष याेगेन्द्र प्रसाद बनियाले बताए । सो रकम ग्रहण गर्दे सरावल गाउपालिका अध्यक्ष राधेश्याम चाैधरीले सहकारी ले गरेको सहयोगको सराहाना गर्दे अगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा रहेकाे बताए।सस्थाका अध्यक्ष बनियाले उद्योगि व्यवसायी सघसस्था पनि कोरोनाको कारण नराम्ररी प्रभावित भएको बताउदै यस तर्फ सरकारले ध्यानपुर्याउनुपर्नेमा जोड दिए।कार्यक्रम मा सहकारी का कर्मचारी ,ऋण अधिकृत जयगाेबिन्द यादव,शेयर सदस्य युवराज माैर्या लगायतकाे सहभागीता रहेकाे थियाे ।सरावल गाउपालिकाले कोषको स्थापना गरि याे अापतकालिनमा सबैमा सहयोगको आह्वान गरेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *