अर्थतन्त्रमा कोरोना – कहर

लेखक:सागरमणी पाण्डेय

सहायक क्याम्पस प्रमुख दिब्यज्योती बहुमुखी क्याम्पस बर्दघाट एवं अध्यक्ष मदन भण्डारी बौद्धिक मञ्च नवलपरासी

हाम्रो देशको उत्तर तर्फ रहेको छिमेकी मुलुक चिनको हुवान प्रान्तबाट सुरु भएको बिश्वब्यापी महामारी रोग कोरोना भाइरस अर्थात कोभिड -१९ ( Covid -19 ) बिश्वका २ सय १० मुलुकमा फैलिसकेको छ । आजको मिति सम्म तथ्यांकलाई अध्ययन गर्ने भने १६ लाख ३७ हजार १९ जना यो रोगबाट संक्रमीत छ्न भने मृत्यु हुनेको संख्या ९५ हजार ७ सय २२ र निको भएर घर फिर्ता भएका बिरामीको संख्या ३ लाख ५६ हजार ६ सय ५५ रहेको देखिन्छ । यसरी महामारीको रूपमा फैलिएको यो रोगबाट नेपाल अछुतो हुन सकेन यद्यपि हालसम्म जम्मा ९ जना संक्रमीत देखिएकोमा १ जना निको भएर घर फर्किएको सरकारी तथ्यांक रहेको छ मृत्युको संकटबाट अहिले सम्म जोगिए पनि नेपाली अर्थतन्त्रलाई गति दिने मुख्य चार क्षेत्र पर्यटन,पुर्वाधार निर्माण,रेमिटान्स र वैदेशिक ब्यापारमा यसको गम्भीर संक्रमण सुरु भएको छ । यो बिश्वब्यापी महामारीको समाधान कसरी हुन्छ भन्ने अन्योल जस्तै यो संक्रमणले नेपाली अर्थतन्त्रलाई कति लामो समय सम्म थला पार्छ भन्ने अनिश्चित छ । लगातार तिन बर्ष औषत झन्डै ७% को आर्थिक वृद्धि देखेको नेपालको यो बर्षको आर्थिक वृद्धिदर कोरोनाको प्रभावका कारण ५% को हाराहारीमा खुम्चने आंकलन गरिएको छ कोरोनाको प्रकोपले निर्माणधिन कैयौं जल बिधुत आयोजना,सडक र बिमानस्थलको काममा सुस्तता ल्याएकाले अर्थतन्त्रमा दुरगामी असर देखिने निश्चित छ । कोरोनाका कारण थोक तथा खुद्रा ब्यापार उधोगमा सोझै असर परेको छ । चिनमा आधारित अन्तरास्ट्रिय आपूर्ति शृङ्खला बिथोलिदा नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रको सन्तुलन खल्बलिनेछ । सबैभन्दा डरलाग्दो चाहिँ झन्डै दुइ दशक देशको अर्थतन्त्रलाई टेको दिएको रेमिटेन्सको भरथेग कोरोना प्रभाव कारण डगमगाउने सन्त्रास पैदा भएको छ । कुल ग्राहस्थ उत्पादनमा ७.८ प्रतिशत योगदान दिएको निर्माण क्षेत्रलाई पनि कोरोनाले थला पारेको छ नेपाली अर्थतन्त्रमा कोरोनाको गहिरो चोट पार्दैछ भन्ने प्रष्ट भइसकेको छ तर यसको प्रभाव कति लामो र गहिरो पर्छ भन्ने बिषय यो महामारी कतिन्जेल रहन्छ भन्नेमा निर्भर गर्दछ । कोरोना भाइरसकै कारण यो बर्ष नेपालका आन्तरिक वायुसेवा कम्पनीहरुलाई रु ४ अर्ब नोक्सान पुग्ने आकलन एसियाली बिकास बैंकले गरेको छ । वैदेशिक मुद्रा आर्जन देखि ,घरपरिवारले गर्ने सामान्य खर्च सम्मको आधार रेमिटेन्स कै कारण देशको गरिबी न्यूनीकरण ठूलो योग्दान पुगेको छ । रेमिटेन्सको करिब ७९% रकम उपभोगमा खर्च हुने तथ्यांकका आधारमा पनि यसमा पर्ने तल वितलले बजार चलायमान हुन पाउदैन । संसारभरीको आर्थिक मन्दिले लगानी खोजीरहेको नेपाल जस्तो देशमा वैदेशिक लगानी समेत कम भित्रिने सम्भावना देखिन्छ । संसारभरीका लगानी कर्ताले ठूलो रकम गुमाइरहेका छन् ,यस्तै स्थितिमा वैदेशिक लगानी भित्रीन कठिन हुन्छ । राजनीतिमा दक्षिणि छिमेकीको प्रभावलाई लक्षित गर्दै चर्चित बनेको दिल्लीमा पानी पर्दा काठ्माण्डुमा छाता ओढ्नु पर्दछ भन्ने भनाइ अर्थतन्त्रमा झनै सान्दर्भिक हुन सक्दछ । नेपालको अर्थतन्त्र छिमेकी भारतसंग धेरै तह र अर्थमा जेलिएको छ भारतीय अर्थतन्त्र सुस्त हुदा अर्थसाश्त्रीहरुका अनुसार नेपालका अन्य पाँच वटा गम्भीर असर पर्न सक्दछ ।

१. मुद्रा -अवमूल्यनको भार

२.आयात / निर्यात दोहोरो असर

३.श्रम- बजार उथल पुथल

४.लगानी – उत्साह र विश्वासमा खडेरी

५.आर्थिक वृद्धिदर

बिश्व बजारकै उधोग का नाममा चिनिने चिन बिश्वब्यापी आपूर्ति शृङ्खलामा गहिरो संग जोडिन्छ । सस्तो लत्ताकपडा देखि स्मार्टफोन र औधोगिक उपकरण सम्म उत्पादन गर्ने चिनका उधोगहरु बन्द हुदा बिश्व आपूर्ति प्रणालीमा नराम्रो धक्का पुगेको छ । जसले नेपालको आपूर्ति प्रणालीमा लामो समयसम्म प्रभाव पार्ने देखिन्छ । समस्या समाधानका सम्भावित उपायहरु: कोरोना भाइरसबाट सिर्जित महामारीले नेपाली रोजगारी र अर्थतन्त्रमा पनि असर रोक्न सरकार संग धेरै विकल्प छैन । यस्तो बेलामा भौतिक र बित्तीय निति मार्फत लगानी कर्ता र ब्यवसायीलाई प्रोत्साहनको निति अघि सार्नुपर्ने आवश्यकता देखिन्छ पर्यटन उधोगलाई सहुलियत गर्छन् ,ब्याजदरमा सहुलियत दिएर मनोबल बढाउन सकिन्छ । स्वास्थ्य सेवाका पुर्वाधारमा बृहत लगानी तथा कृषि र गैर कृषि जन्य उत्पादनलाई तिब्रता दिएर अहिलेको संकटलाई आन्तरिक पुर्वाधार निर्माण र उत्पादनको अवसरमा बदल्नु पर्ने देखिन्छ । हामीलाई विप्रेषणमा आधारित अर्थतन्त्र विकल्प चाहिएको छ । यसरी हुने आर्थिक झटका लामो समय सम्म रह्यो भने हाम्रो जस्तो अर्थतन्त्रले धान्नदैन त्यसैले हाम्रो अर्थतन्त्रको आधारभुत संरचनामा परिवर्तन गर्नुपर्दछ । यदि कोरोना महामारीको असर ३/४ महिना रहने अनुमान हो भने अबको एक चौमासिक अल्पकालीन समयावधि मान्न सकिन्छ । त्यसैगरी अबको आर्थिक बर्ष ०७७/०७८ मध्यकालीन हुन सक्दछ भने त्यसपछिको समय दीर्घकालीन मान्न सकिन्छ । सरकारको नितिगत कदमहरु क्रमिक रूपमा अल्पकालीन,मध्यकालीन र दीर्घकालीन असरलाई मध्यनजर गरेर हुनुपर्दछ । राष्ट्रले आफ्नो नागरिकको तथ्यांकको उपलब्धतामा ध्यान दिनु अत्यावश्यक भइसकेको छ । बिशेष गरि अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा ओगट्ने अनौपचारिक क्षेत्रको बारेमा जानकारीको अभाव हुनुलाइ अब सामान्य मान्न सकिन्न । सबै नेपालीलाई समृद्ध नेपालमा समावेश गर्ने हो भने उनीहरुको यथार्थ अवस्था बुझ्नु अपरिहार्य छ । अन्त्यमा लकडाउनको समयअवधि घरमै बसि सोसल डिस्टेन्स कायम गरि सरकारले निर्धारण गर्ने नियम पालना गर्नुहुन समेत सबैलाई अनुरोध गर्दछु ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *