अघरबत्ती तथा चुरा बनाउने तालिम सुनवलमा सम्पन्न
सागर पौडेल
सुनवल १३ पुष
नागरिक रोजगार केन्द्र बुटवल उपमहानगरपालिकाको आयोजनामा अपाङ्गता तथा महिला लक्षित १ दिने अघरबत्ती तथा चुरा बनाउने तालिम पश्चिम् नवलपरासी को सुनवल नगरपालिका वडा नम्बर २ को नवदुर्गा टोल मा सम्पन्न भएको छ ।
एक घर एक रोजगार कम लगानी छिटो आम्दानी भन्ने उदेश्य ले सन्चालन गरेको तालिम मा प्रशिक्षक शर्मिला बोगटी ले तालिम प्रदान गर्नु भएको थियो । घर मै बसी फुर्सद भएको समय मा समय को सदुपयोग गरियो भने आफै मा आत्मनिर्भर हुन सक्ने कुरा समाज सुधार आमा समूह कि अध्यक्ष देवि सुवेदी ले बताउनु भएको थियो ।
एक दिने तालिमा मा करिब २५ जना महिला हरु को उपस्थित भएको थियो । घर मै बसेर गफ गर्नु साटो अघरबत्ती बनाएर घर मै प्रयोग गरियो भने समय को सदुपयोग र पैसा खर्च कम हुने कुरा सहभागी महिलाले बताएका थिय ।