स्वतन्त्र युवा स्वयंसेवक समूह सुस्ता द्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग
श्याम थापा
सुस्ता ३ बैषाख
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा रहेको स्वतन्त्र युवा स्वयंसेवक समुहले सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको लागि पिपिइ सेट सहयोग गरेका छ्न । सुस्ताको मुख्य नाका र सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु कोभिड १९ कोरोना भाइरसको उच्च जोखिममा रहेको हुँदा समूहले १५ थान पिपिइ सेट सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयलाई हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएको पिपिइ सेट ३ थान इलाका प्रहरी कार्यालय बेलाटारी,३ थान सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुस्ता,३ थान सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठिप्रसौनी,२ थान प्रहरी चौकी कुडिया,२ थान प्रहरी चौकी नर्सही,२ थान रामनगर प्रहरी चौकी पक्लिहवालाई हस्तान्तरण गरिएको स्वतन्त्र युवा स्वयंसेवक समूह सुस्ताका सुवर्ण न्यौपानेले जानकारी दिएका छन् । उत्त पिपिइ सेट महाबिर पुनको राष्ट्रिय अभिस्कार केन्द्रमा बनेको हो ।