सुस्ता ५ पक्लिहवाका समाजसेवी कुर्मी द्वारा राहत सामग्री वितरण

श्याम थापा

सुस्ता २६ चैत

पश्चिम नवलपरासी सुस्ता ५ पक्लिहवा स्थित बेलवानी निवासी धनुषधारी कुर्मीले अतिबिपन्न तथा ज्यालादारी गरि खाने २ सय घरधुरीका परिवारहरुलाई राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरेका छ्न । बिश्व भरी फैलिएको कोविद १९ कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै देशमा लगाएको लकडाउनको कारणले गर्दा ज्यालादारी गरि दिन रात छाक टार्नको लागि गाह्रो भएको भन्दै गाउँलेहरुबाट गुनासो बढेपछि आफ्नो गाउँ र छिमेकी गाउँमा रहेका ज्यालादारी गरि खाने अतिबिपन्न २ सय घरपरिवारलाई आफ्नो ब्यक्तिगत रूपमा राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरेको सुस्ता ५ पक्लिहवा स्थित बेलबानीका समाजसेवी धनुषधारी कुर्मीले बताए । साथै समाजसेवी कुर्मिले यस्तो अवस्थामा हामीसंग भएको ब्यक्तिहरुलेनै अतिबिपन्न घरपरिवारलाई सहयोग गर्नु पर्ने र उनीहरुको सहयोगीको रूपमा सधै उभिनु पर्ने उनले बताए । राहत सामग्री एक मिटरको दुरिमा राखी वितरण गरिएको हो । वितरण कार्यक्रममा सुस्ता ५ बेलवानीका युवा उधमी ओमप्रकाश जयसवाल,सोही स्थानका चन्द्रभुषण यादव,कन्हैया जैसवाल,सुबास कलवार र रामेस्वर हजामले सहयोग गरेकोका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *