सुस्ता गाउँपालिका द्वारा सहयोग दाता तथा खर्च सार्वजनिक

धिरज गुरुङ्ग

नवलपरासी १३ वैशाख

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले राहत वितरण लगायत को खर्च र राहत दाता हरु को नाम सार्वजनिक गरेको छ।पहिलो चरणको राहत १२८५परिवारलाई परिवार संख्याको आधारमा वितरण गरिएको थियो।


लकडाउन को कारण दैनिक मजदुरी तथा विपन्न परिवार को लागि दोस्रो चरण को राहतको लागि तथ्याङ्क संकलन तथा खाद्य सामग्री खरिद लगायत को सम्पूर्ण जिम्मेवारी वडा कार्यालयहरुलाई दिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्याल ले दिनु भयो।


कीटनाशक औषधि बाटोहरू मा छर्न युवाहरुको सहभागिता एवम् यस महामारीको बेला राहत सामग्री को रूपमा नगद,खाद्यसामग्री,स्वास्थ्य सामग्री लगायत को सामग्री गाउँपालिकामा सहयोग गर्नु हुने सहयोग दाताहरु लाई धन्यवाद ज्ञापन गर्दै गाउँ टोल मा ज्यालादारी गर्ने विपन्न परिवार को यकीन वडा कार्यालय ले गर्न सजिलो हुने र राहत सामग्री गुण स्तरीय होस् भनी खरिद को जिम्मेवारी पनि वडा कार्यालयहरू लाई दिएको साथै आर्थिक पारदर्शीताका लागि खर्चहरु सार्वजनिक गरिएको सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय ले बताउनु भएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *