सुस्ता गाउँपालिकाले गर्यो पशुपालन कृषकलाई म्याट वितरण

श्याम थापा

सुस्ता २१ जेठ

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले पशुपालन गर्ने कृषकहरुलाई काउम्याट वितरण गरेको छ ।

गाउँपालिकाले पशुपालन कृषकहरुलाई पशुपालन गर्दा पशु चौपायाको दिसापिसाबलाई सरसफाइ गर्न पनि सहज हुने र पशुचौपायालाई चिसोबाट जोगाउने उद्देश्यले २६ जना पशुपालन कृषकलाई ७८ थान काउम्याट वितरण गरिएको पशु सेवा शाखा सुस्ता गाउँपालिका का पशु प्राबिधिक इन्दिरा पुनले बताएकी छिन् ।

काउ म्याट पालिकाले एक कार्यक्रम गरि सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको हातबाट वितरण गरिएको हो ।

वितरण गरिएको काउ म्याटमा पशुपालन कृषकको २०% प्रतिशत र गाउँपालिका कार्यालयको ८०% प्रतिशत लागत साझेदारीमा गाउँपालिकाले काउ म्याट वितरण गरेको सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले सुस्ता सन्देशलाई जानकारी दिएका छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *