सुस्ता गाउँपालिकाले गर्यो राय सुझाव संकलन
श्याम थापा
सुस्ता २० जेठ
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले अगामी आर्थिक बर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम बजेट तर्जुमा सम्बन्धि राय सुझाव संकलन गरेको छ ।
सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतमा भएको आर्थिक बर्ष ०८१/०८२ को निति तथा कार्यक्रम बजेट तर्जुमा सम्बन्धि राय सुझाव संकलन कार्यक्रममा सुस्ता गाउँपालिका भित्र रहेका विभिन्न दलका दलिय प्रतिनिधि,समाजसेवी,बुद्धिजीवी,गैरसरकारी संस्थाका प्रतिनिधि,बिद्यालयका शिक्षक तथा प्रतिनिधि,विभिन्न सेक्टरका प्रतिनिधि र संचारकर्मि लगायतको सहभागितामा पालिकाले राय सुझाव संकलन गरेको हो ।

सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै अगामी आर्थिक बर्ष ०८१/०८२ को निति तथा कार्यक्रम र बजेटमा प्रत्यक्ष रूपमा सुस्ताबासीको सहभागि रहने गरि र पालिकाबासीले भरपुर लाभ उठाउन सक्ने गरि निति तथा कार्यक्रम ल्याउने र सोही कार्यक्रम कार्यान्वयन गर्नको लागि बजेट पनि बिनियोजन गर्न सहज हुने उद्देश्यले पालिकाले राय सुझाव संकलन कार्यक्रम राखिएको बताए ।

पालिकाले राखेको राय सुझाव संकलन कार्यक्रममा सहभागीहरुले सुझाव व्यक्त गर्दै विशेष गरेर सुस्ता गाउँपालिकालाई पर्यटन र कृषि क्षेत्रमा जोड दिएर निति तथा कार्यक्रम ल्याउनुपर्ने र सुस्ता महोत्सव,स्वास्थ्य र शिक्षालाई बिशेश प्राथमिकता,स्थानीय उत्पादनमा जोड र बजार व्यवस्थापन,शान्ति सुरक्षालाई मध्यनजर गर्दै सडक बत्ति सिसिटिबी जडान,विपद व्यवस्थापनमा जोड,महिला तथा बालबालिका र अपाङ्गता सम्बन्धि विशेष कार्यक्रम,आन्तरिक स्रोत व्यवस्थापन,खेलकुद मैदान तथा खेलाडी उत्पादनमा जोड,सामुदायिक बन संरक्षण,सार्वजनिक जग्गा अतिक्रममा रोक लगाई व्यवस्थापन,किसान अनुदान कार्यक्रमलाई अनुगमन,नागरिकलाई आवास निर्माणमा जोड र लागू औषध नियन्त्रण तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता राखेर पालिकाले अगामी आर्थिक बर्ष ०८१/०८२को निति तथा कार्यक्रममा समाबेश गरि बजेट बिनियोजन गर्नुपर्ने सुझाव व्यक्त गर्दै सहभागीले दिएको राय सुझावलाई रेड बुकमा अर्थात रातो किताबमा पनि समावेश गरिनुपर्ने सहभागीहरुले आग्रह गरेका थिए ।

राय सुझाव संकलन कार्यक्रममा आएका सुझावहरु मात्र नभई पालिकाले इमेल मार्फत पनि राय सुझाव माग गरेको हुदा दुबै ठाउँबाट आएको राय सुझावलाई पालिकाले आत्मसात गरेर अझ आएका बिषयमा गहन छलफल गरेर अगामी आर्थिक बर्ष ०८१/०८२ को निति तथा कार्यक्रममा समावेश गरेर बजेट बिनियोजन गर्ने सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले प्रतिबद्धता व्यक्त गरेका छन् ।