सुस्ता गाउँपालिकाको १४औं गाउँ सभाको दोस्रो बैठक सम्पन्न

श्याम थापा

सुस्ता १४ माघ

पश्चिम नवलपरासी स्थित सुस्ता गाउँपालिकाको कार्यालयले १४औं गाउँ सभाको दोस्रो बैठक आइतवारको दिन सम्पन्न गरेको छ ।

सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा गाउँपालिकाले १४औं गाउँ सभाको दोस्रो बैठक सम्पन्न गरेको हो ।

सभाको दोस्रो बैठकमा सुस्ता गाउँपालिकाको शिक्षक तथा बिधालय कर्मचारी कामकाजमा खटाउने सम्बन्धि कार्यबिधी २०८०,सुस्ता गाउँपालिकाको ब्यवसाय दर्ता तथा नवीकरण सम्बन्धि कार्यबिधी २०८०,सुस्ता गाउँपालिकाको कृषि तथा पशुपालन कृषक समिति दर्ता तथा नवीकरण सम्बन्धि कार्यबिधी २०८०,सुस्ता गाउँपालिकाको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यवस्थापन कार्यबिधी २०८०,सुस्ता गाउँपालिका खेलकुद बिकास समिति गठन तथा संचालन सम्बन्धि कार्यबिधी २०८०,सुस्ता गाउँपालिकाको आर्थिक सहायता सम्बन्धि कार्यबिधी २०८० र अध्यक्ष शिक्षित रोजगार कार्यक्रम संचालन कार्यबिधी २०८० गरि ७ वटा कार्यबिधीको बैठकले अनुमोदन गरेको छ ।

पालिकाको १४ औं गाउँसभाको अवसरमा सुस्ता गाउपालिकाको खरिद नियमावली २०८० सभाबाट पास भएको छ ।

सभाको दोस्रो बैठकले करिब १ सय वटा योजनाको संशोधन गरि अगामी छ महिना भित्र के कसरी कुन योजना कसरी अगाडि बढाउने भनी छ्लफल गरि संशोधित गरिएको सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिएका छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *