सुस्ता गाउँपालिकाको १४औं गाउँ सभा सम्पन्न
श्याम थापा
सुस्ता २६ पुस
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले १४औं गाउँ सभा बिहिवारको दिन सम्पन्न गरेको छ ।
सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयता,लुम्बिनी प्रदेश सभाका सदस्य माननीय सांसद देवकरण प्रसाद कलवार(सन्तु)को प्रमुख अतिथ्यतामा र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादव(रुदल)को बिशेषअतिथ्यतामा पालिकाले १४औं गाउँ सभा सम्पन्न गरेको हो ।

सभाको पहिलो बैठकमा सुस्ता गाउँपालिकाको शिक्षक तथा बिधालय कर्मचारी कामकाजमा खटाउने सम्बन्धि कार्यबिधी २०८०,सुस्ता गाउँपालिकाको ब्यवसाय दर्ता तथा नवीकरण सम्बन्धि कार्यबिधी २०८०,सुस्ता गाउँपालिकाको कृषि तथा पशुपालन कृषक समिति दर्ता तथा नवीकरण सम्बन्धि कार्यबिधी २०८०,सुस्ता गाउँपालिकाको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यवस्थापन कार्यबिधी २०८०,सुस्ता गाउँपालिका खेलकुद बिकास समिति गठन तथा संचालन सम्बन्धि कार्यबिधी २०८०,सुस्ता गाउँपालिकाको आर्थिक सहायता सम्बन्धि कार्यबिधी २०८० र अध्यक्ष शिक्षित रोजगार कार्यक्रम संचालन कार्यबिधी २०८० गरि ७ वटा कार्यबिधी पेश भएको छ भने पेश गरिएको कार्यबिधीको सभाका सदस्यहरुले थप अध्ययन गरि आउदो माघ १० गतेको बैठकबाट पास हुने भएको छ ।
सभाको सदस्य एवं सुस्ता गाउँपालिका कि उपाध्यक्ष गिता चौधरीले आर्थिक बर्ष ०८०/०८१ को निति तथा कार्यक्रमको प्रगति प्रतिबेदन सभामा पेस गरेकी थिइन र पालिका कि उपाध्यक्ष चौधरीले पेश गरेको कार्यक्रमको प्रगति प्रतिबेदन सभाको प्रहिलो बैठकले पास गरेको छ ।

सभाका सदस्य एवं पालिका उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको निति तथा कार्यक्रमको प्रगति प्रतिबेदन अनुसार हाल सम्म सुस्ता गाउँपालिकाको कार्यालयले कृषि तर्फ २ सय ४० जना कृषकहरुलाई निशुल्क रूपमा तरकारीको मिनि कीट वितरण,६९ वटा कृषक समुह दर्ता भइ संचालनमा आएको,रासायनिक मलखाद वितरणको लागि १० वटा सहकारी संस्थालाई अनुमानि दिएको त्यस्तै पशु सेवा तर्फ १ सय ६३ जना कृषकलाई घासको बीउ वितरण,पशुजन्य औषधि १ सय २५ जना कृषकलाई निशुल्क वितरण गरिएको प्रतिबेदनमा उल्लेख छ ।
सामुदायिक बिधालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन विद्यार्थीको अनुपातमा पालिकाले शिक्षक भर्ना गरेको,स्थानीय पाठ्यक्रम निर्माण अन्तर्गत हाम्रो सुस्ता नामक पुस्तकको लेखन कार्य अघि बढेको,हालसम्म ४ सय ३० जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र वितरण,२ सय २३ जनालाई अपाङ्गता परिचयपत्र वितरण,५ सय १ वटा जन्मदर्ता,१ सय १ वटा मृत्युदर्ता,१ सय ८८ वटा विवाह दर्ता,७ वटा सम्बन्ध बिच्छेद र १४ वटा बसाइँसराइ दर्ता गरि ८ सय ३४ वटा व्यक्तिगत घटना दर्ता भएको छ ।

त्यसैगरी १ सय १५ व्यवसाय दर्ता भएको मध्ये ४८ वटा व्यवसाय फर्मको नवीकरण भएको,१० वटा घ वर्गको निर्माण व्यवसायी फर्म दर्ता भएको,वार्ड न १ र वार्ड न ५ मा प्रयोगशाला सेवा विस्तार गरिएको,३५ स्थानमा पोषिलो खाना प्रदर्सन गरिएको छ भने भौतिक पुर्वधार तर्फ ३७ वटा योजनाहरु उपभोक्ता समिति मार्फत संचालन हुने गरि सम्झौता भएको र १ वटा योजना सम्पन्न भइ भुक्तानीको अन्तिम चरणमा रहेकोे,५ वटा योजना बोलपत्र मार्फत ठेक्का सूचना प्रकाशित गरिएको र २ वटा ठेक्काको योजना सम्पन्न भइ भुक्तानी भएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सभा पेश भएको यस आर्थिक बर्षमा हालसम्मको कार्य प्रगतिको क्षेत्रगत अनुसार हेर्ने हो भने चालू खर्च तर्फ ८ करोड १५ लाख ८६ हजार ४ सय ६ रुपैया प्रतिशतमा २८%प्रतिशत रहेको छ भने जसमध्ये आर्थिक बिकास तर्फ २६ लाख १२ हजार ४ सय ७१ रुपैया प्रतिशतमा १५%प्रतिशत,समाजिक बिकास तर्फ ६ करोड ३२ लाख ६९ हजार ७ सय ८१ रुपैयाँ प्रतिशतमा ३१% प्रतिशत,सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ११ लाख १० हजार ९ सय ९२ रुपैया प्रतिशतमा ९.२६ %प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक तर्फ(तलब भत्ता समेत)१ करोड ४५ लाख ९३ हजार १ सय ६२ रुपैया प्रतिशतमा २५.२२ %प्रतिशत प्रतिबेदनमा उल्लेख छ भने त्यस्तै पुजीगत तर्फ कुल खर्च १ करोड ७ लाख ६१ हजार ८ सय ६ रुपैया प्रतिशतमा ५.३५ % प्रतिशत मध्ये आर्थिक बिकास तर्फ १२ लाख ६७ हजार ९७ रुपैया प्रतिशतमा ७% प्रतिशत,समाजिक बिकास तर्फ १ लाख ९२ हजार ६ सय ७४ रुपैया प्रतिशतमा ४.२८% प्रतिशत,पुर्वधार तर्फ ८८ लाख ५२ हजार ३ सय ८० प्रतिशतमा ५.३८ %प्रतिशत,सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ २ लाख ५० हजार प्रतिशतमा ५.३८%प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक तर्फ १ लाख ९९ हजार ६ सय ५५ रुपैया प्रतिशतमा २.०४%प्रतिशतको खर्च सभामा सभाको सदस्य एवं पालिकाकी उपाध्यक्ष गिता चौधरीले पेश गरेको प्रतिबेदन सभाले पास गरेको छ ।