सुस्ता गाउँपालिकाको हाकिम द्वारा सरकारी गाडीको चरम दुरुपयोग
श्याम थापा
सुस्ता १६ पुष
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले सरकारी गाडीको चरम दुरुपयोग गर्दै आइरहेका छन् ।
सुस्ता गाउँपालिकालाई कार्यालय परियोजनको लागि खरिद गरिएको सरकारी गाडी यतिखेर सुस्ता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाललाई कहिले ससुराली त कहिले घर लैजाने काम भैरहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत भुसालले एउटा सरकारी कार्यालयको गाडीलाई आफ्नो निजी सरह आफै चालक बनेर सरकारी कार्यालयको तेल खर्च गरि कार्यालयको गाडी कहिले ससुराली त कहिले आफ्नो निजि घर अर्घाखाँची पुर्याउने गरेका छन् ।
आफूनै कार्यालयको प्रमुख भएको र आफुले चाहे जे पनि गरिन्छ भन्ने मानसिकतामा रहेकोे प्रमुख प्रशासकीय अधिकृत भुसालले कार्यालयको गाडी चलाउने सवारी चालकलाई पनि गाडी चलाउन नदिएर कार्यालयको समयमा पनि अनुगमन भन्दै कार्यालयको गाडी कुदाईरहेका हुन्छन् ।
कार्यालय परियोजनका लागि प्रयोगमा ल्याएको गाडी अझ जब सार्बजनिक बिदा हुन्छ तब घर र ससुराली जानको लागि यसरी जिम्मेवार पदमा बसेका ब्यक्तिले एउटा सरकारी गाडीको चरम दुरुपयोग गरिरहेकोे सुस्ताबासीको आरोप छ ।