सुस्ताले गर्यो आ.ब ०८०/०८१ को लागि राय सुझाव संकलन
श्याम थापा
सुस्ता १ असार
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०८०/०८१ को निति तथा कार्यक्रम र बजेट निर्माणका लागि सर्वपक्षीय रूपमा राय सुझाव संकलन तथा अन्तरकृया कार्यक्रम गरेको छ ।
सुस्ता गाउँपालिकाको अध्यक्ष टेकनारायाण उपाध्यायको अध्यक्षयतमा भएको आर्थिक बर्ष ०८०/०८१ को नीति तथा कार्यक्रमका लागी राय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा सुस्ता गाउँपालिका भित्र रहेका दलिय प्रतिनिधी,अगुवा किसान,बुद्धिजीवी र शिक्षक लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो
राय सुझाव तथा अन्तरक्रिया कार्यक्रममा पशुपालन कृषक अगुवा नवीन डुम्रेले बिशेष गरि सुस्ता गाउँपालिकालाई पशुपालन पकेट क्षेत्र निर्धारण गरेर निति तथा कार्यक्रम ल्याउनु पर्ने राय सुझाव दिएका छन् । त्यस्तै गरि केरा किसान संघका अध्यक्ष लख्खु प्रसाद यादवले भारतबाट आयात हुने कृषि सामाग्रीलाई केहि हदसम्म रोक लगाउने र सुस्ता गाउँपालिका भनेको केरा पकेट क्षेत्र रहेको हुदा मल खाद्यको अभावले केरा किसानमा निराशा छाउन लागेको हुदा मलखाद व्यवस्थापन तर्फ निति तथा कार्यक्रम ल्याउनु पर्ने सुझाव व्यक्त गरेका छन् ।
त्यसैगरी नेपाली काङ्ग्रेसका सुस्ता गाउँपालिका सभापति रबिन्द्र कुमार बनियाले भुजा जस्तो बजेट बिनियोजन गर्न भएन र सुस्ता गाउँपालिकालाई समृद्व सुस्ता र सुखी सुस्ता बनाउन आम नागरिकको राय सुझाव लिएर अघि बढ्न सुझाव दिएका थिए ।
सो राय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा जसपाका प्रतिनिधि नन्दलाल गुप्ता,राप्रपा प्रतिनिधि प्रदीप जंग राणा,दिर्घजिवी पोख्रेल,रास्वापाका प्रतिनिधि शिव गैरे र बिनोद बनिया लगायतले शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता राखेर निति तथा कार्यक्रम ल्याउनु पर्ने राय सुझाव दिएका थिए ।
आर्थिक बर्ष ०८०/०८१ को निति तथा कार्यक्रमको लागी आएको राय सुझावलाई आत्मसात गरेर पालिकाले सोही अनुसार निति तथा कार्यक्रम सहित बजेट बनाउने सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताएका छन् ।