सुस्तामा ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु एक गम्भीर घाइते
श्याम थापा
सुस्ता २८ बैशाख
पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटना भएको छ ।
सुस्ता गाउँपालिकाको कुडियाबाट दक्षिण तर्फ बिगैप तिर जादै गरेको शक्तिमान कम्पनी नामकको रातो रंगको लु ३ त २८४ नम्बरको ट्याक्टर अनियंत्रित भइ दुर्घटना हुदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परि मृत्यु हुनेमा सुस्ता गाउँपालिका वार्ड न ५ पकलिहवा स्थित तरैनी गाउँमा बस्ने अन्दाजी बर्ष १५ को गोलु कम्कर रहेका छन गोलुलाई पृथ्वीचन्द्र अस्पताल परासीले मृत घोषणा गरेको हो ।
दुर्घटनामा ट्याक्टर चालक सुस्ता गाउँपालिका वडा न ४ नर्सही बस्ने अन्दाजी बर्ष २१ को सुकई मल्लाह गम्भीर घाइते भएको र उनलाई उपचारका लागि पृथ्वी चन्द्र अस्पतालमा प्रहरीले पठाएको थियो भने त्यहा उनको उपचार हुन नसकेपछि थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएको पृथ्वीचन्द्र अस्पतालले जानकारी गराएको छ ।