सुस्तामा जलवायु परिवर्तन सम्बन्धि परियोजना सुरु

श्याम थापा

सुस्ता १२ बैशाख

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा जलवायु परिवर्तन सम्बन्धि परियोजना संचालन भएको छ ।

क्यानडा रेडक्रस र नेपाल रेडक्रस सोसाइटी शाखा पश्चिम नवलपरासीको संयुक्त साझेदारीमा जिल्लाको सुस्ता गाउँपालिकालाई कार्य क्षेत्र बनाई जलवायु परिवर्तनलाई लचिलो  बनाई स्वास्थ्य प्रणालीलाई सुदृढीकरण परियोजनाले काम गर्ने भन्दै आज बुधबारको दिन पालिका र रेडक्रस बिच एक आपसमा सम्झौता भएको हो ।

परियोजनाले बिशेश गरि जलवायु परिवर्तनको कारणले स्वास्थ्य क्षेत्रमा पारेको असरलाई कम गर्न स्वास्थ्य प्रणालीमा सुदृढीकरण गर्ने उद्देश्यले समुदाय र स्वास्थ्य संस्थामा काम गर्ने परियोजनाको लक्ष्य रहेको छ ।

परियोजनाले सुस्ता गाउँपालिकाको समुदाय स्तरमा तथा स्वास्थ्य क्षेत्रमामा जलवायु परिवर्तनले पारेको असर र प्रभावलाई कम गरेर  जलवायु परिवर्तनबाट मानिसको जीवन सुरक्षा गर्ने,समुदायलाई रोगहरुबाट जोगाउने,जलवायु परिवर्तनको असरलाई कम गर्न पुर्व तयारी के कसरी गर्ने र स्वास्थ्य प्रणालीमा सुधार ल्याई नागरिकलाई जलवायु परिवर्तनको असरबाट जोगाउन परियोजनाले अहम् भुमिका खेल्ने नेपाल रेडक्रसका परियोजना संयोजक अनुप खडकाले बताएका छन् । परियोजना संयोजक खडका अनुसार परियोजनाको कुल ६४ लाख ३३ हजार बराबरको बजेट रहेको र सन २०२४ डिसेम्बर सम्म परियोजनाको अवधि रहेको उनले बताए ।

परियोजना सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले सुस्तामा यो परियोजना लागू गर्न लागेको नेपाल रेडक्रस संस्थालाई धन्यवाद व्यक्त गर्दै जलवायु परिवर्तन एकदमै महत्त्वपूर्ण बिषय रहेकोे हुदा समुदायको हितमा परियोजनाको गतिविधि संचालन गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तैगरि परियोजना सम्झौता कार्यक्रमका प्रमुख अतिथि एवं सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले जलवायु परिवर्तनको कारणले मानिसलाई मात्र नभई जिवजन्तु बनस्पति लगायत अन्य क्षेत्रमा एकदमै असर पारेको र यस्तो अवस्थामा स्वास्थ्य क्षेत्रलाई मध्यनजर गरेर जलवायु परिवर्तन सम्बन्धि परियोजनाबाट सुस्ता गाउँपालिकालाई कार्य क्षेत्र बनाई काम गर्न लागेको नेपाल रेडक्रस सोसाइटी शाखा जिल्ला नवलपरासीसंग पालिकाले पनि केही प्रतिशत लगानी गरेर सहकार्य गरि अघि बढ्ने बताएका छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *