सुनवलमा कपडा बैंक पुनः सन्चालनमा
सागर पौडेल
सुनवल १५ पुष
पश्चिम् नवलपरासीको सुनवलका युवाहरुको सक्रियतामा सुरु भएको सुनवल कपडा बैंक कोरोनाको कारण बन्द भएको थियो । कपडा बैंक आज बाट पुन: सुचारु भएको छ । कोरना सामान्य र जाडो बढे सङै सन्चालनमा आएको बैंकमा पुनः प्रयोग गर्न मिल्ने सफा कपडाहरु राखिएको छ । आर्थिक रुपले सम्पन्न भएकाहरुले नयाँ – नयाँ कपडा किन्न सक्छन तर गरिबहरुलाई १ छाक खाना खान गाह्रो भएको बेला कपडा किन्न झन कसरी सक्नु । अहिले जाडो बढेको छ त्यसैले यो समयमा उनीहरुलाई न्यानो कपडा दिन सके उनीहरुको मन धेरै खुशी हुन्थ्यो । हामी सङ्ग भएका पुनः प्रयोग गर्न मिल्ने सफा कपडा पोल्न र नदि खोलामा फाल्न भन्दा कपडा बैंकमा राखियो भने आर्थिक रुपले कमजोर भएकाहरुलाई यो जाडो मौसममा न्यानो हुने कपडा बैंकका अभियन्ता सौरभ न्यौपानेले बताउनु भयो ।
कपडा बैंक २४ सै घन्टा खुल्ने भएका ले सहयोग गर्न इच्छुकले सहयोग गरिदिनु हुन सबै माझ हार्दिक अनुरोध गरेका छन् ।