सीमा प्रहरी चौकी महेशपुरद्वारा अबैध मदिरा बरामद
नन्दु यादव
नवलपरासी १६ बैषाख
पश्चिम नवलपरासी जिल्लामा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
हाल विश्वव्यापी रुपमा फैलिदै गईरहेको कोरोना भाईरसलाई नियन्त्रणमा लिन सरकारले देशलाई नै लकडाउन गरी सिमामा कडा रुपमा सुरक्षाकर्मीहरु तैनाथ गरेको छ ।
यसैगरी सीमा प्रहरी चौकी महेशपुरले पनि आफ्नो कार्यक्षेत्रमा बाक्लो प्रहरी परिचालन गरि चुस्त दुरुस्त रुपमा सुरक्षा दिईरहेको जनाएको छ ।
सीमानाकामा खटिने प्रहरीहरुले एउटा सामान्य घटनादेखि तस्करी नियन्त्रणसम्म अहोरात्र दिनरात गरि अहम भुमिका निभाईरहेका छन ।
लकडाउनको मौका छोपी तस्करहरुले अबैध मदिरा तस्करी गर्न खोज्दा सिमा प्रहरी चौकी महेशपुर गस्ती टोलीले पाल्हीनन्दन गाउपालिकाको वडा न १ शंकरपुर गाउबाट अबैध मदिरा बरामद गरिएको सिमा प्रहरी चौकी महेशपुरका प्रहरी निरीक्षक महेश्वर उपाध्याले जानकारी दिए ।
महेशपुरबाट खटिएको प्रहरीगस्ती टोलीलाई तस्करहरुले देखेपछि सडकको छेउको खेतमा अबैध मदिरा फालि भागेपछि बरामद गरिएको हो ।
विभिन्न नाम गरेको २१हजार ६ सय मुल्य बराबरको १८ कार्टुन अबैध मदिरा रहेका छन।अबैध मदिरा ओरापसार गर्ने समूहको तीब्र रुपमा खोजि कार्य भईरहेको छ ।
थप सुरक्षा परिचालन गरि अबैेध धन्दालाई शून्य बनाउने लक्ष्य रहेको निरीक्षक उपाध्यायले बताए ।
सीमा प्रहरी चौकीको प्रमुख सम्हालेका उपाध्यायको कार्यशैली नै फरक रहेको यहाँका जनताहरुले बताएका छन ।
यहाँका समाजसग समन्वय गरी विभिन्न जनचेतनामुलक कार्यक्रम समेत सन्चालन गर्दै आएको छ ।
आउने दिनमा यहाका समस्यालाई स्थानीय जनतासग समन्वय गरि समाधान गरिने निरीक्षक उपाध्याको भनाई रहेको छ ।