सिकेलसेल रोग बारे सुस्तामा अभिमुखिकरण

श्याम थापा

सुस्ता ३० जेठ

जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जिल्लाको सुस्ता गाउँपालिकामा सिकेलसेल एनेमिया रोग बारे अभिमुखिकरण गरेको छ ।

बिशेष गरि थारु समुदायमा देखा पर्ने सिकेलसेल एनेमिया रोगलाई कसरी नियन्त्रण गर्न सकिन्छ र यसका लक्षण तथा उपचार के कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले सिकेलसेल एनेमिया रोग बारे अभिमुखिकरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख ओमप्रकाश पन्थीले बताउनु भएको छ ।

कार्यालय प्रमुख पन्थीका अनुसार यो रोग नेपाल देशमा मात्र नभई छिमेकी देश भारत,बाङ्गलादेश लगायतका देशहरुमा पनि देखा परेको र नेपालको सबै भन्दा बढी बर्दिया जिल्लामा देखा परेको उहाले बताउनु भयो ।

सो रोगको बारे अभिमुखिकरण जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका मलेरिया रोग निरीक्षक देबिलाल पौडेलले सहजीकरण गर्नु भएको थियो भने अभिमुखिकरणमा स्वास्थ्यकर्मी,जनप्रतिनिधि र संघसंस्थाका प्रतिनिधिहरु गरि करिब ३० जनाको सहभागिता रहेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *