सशस्त्र प्रहरीद्वारा घरेलु मदिरा नष्ट ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम

बैशाख २५

लकडाउनको मौका छोपी नवलपरासी पश्चिम जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाउँपालिकाकाे वडा नं. ५ बन्नकट्टी गाउँबाट बिहिवार विहान सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी प्रसाैनीले नवलपरासीले नेपालबाट भारत लैजानको लागि करिब एक सय पचास लिटर बराबरको घरेलुु मदिरा नेपाल भारतको दशगजाको छेउमा रहेको केराबरीमा लुकाएर राखेको अवस्थामा मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
स्थानियको गुनासो पछि सकृय बन्दै गएकाे सशस्त्र प्रहरी सुराकिकाे आधारमा सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले उक्त रक्सी बिहीबार बिहान नियन्त्रणमा लिन सफल भएकाे हाे ।

प्रहरीलाई देखेर तस्कर रक्सी केरा बारीमा छोडेर फरार प्रहरी निरिक्षक अधिकारीले बताए । नियन्त्रणमा लिइएकाे घरेलुु मदिरा स्थानिय , पत्रकार, सुरक्षाकर्मीहरूको राेहबरमा नष्ट गरिएकाे हो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *